अमेरिका, ३१ साउन २०७६ । NRN-ICC निर्वाचनका लागी जिपी कोईराला फाउन्डेसनको तर्फवाट ५ सदस्सीय चुनावि प्रचार प्रसार समिति गठन गरिएको छ ।
यहि आउदो अक्टोवर १३,१६ सम्म काठमाडौंमा हुन गइरहेको गैर आवसिय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा सझम, सबल र गैर आवसिय नेपालीहरु को हक हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचन मा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फ वाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समिति को प्रमुख मा सोमनाथ घिमीरेलाई नियुक्ति गर्नु भएको थियो ।
गीरिजा प्रसाद कोइराला फाउण्डेशनसगं आवध्द भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभाहरुले एक भएर यस चुनाबी अभियान मा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइराला ले आव्हान गर्नु भएको छ ।
सोमनाथ घिमीरेलाई संयोजक तोक्दै ५ सदस्य चुनावि प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको थियो । जस अनुसार घिमीरेले ५ सदस्सीय कार्यसमीती गठन गरिएको छ ।
जसमा संयोजक सोमनाथ घीमीरे सदस्यहरुमा चित्र के सि संयुक्त अरब इमिरेट ,निर्मला थापा मगर मकाउ, कुमार कार्की जापान ,रमेश चतकुलि अष्ट्रेलिया ,डा अग्नि राज कोइराला दझिण कोरिया रहनु भएको छ , समीतीले आजै वाट काम थाल्ने समीतीका संयोजक सोमनाथ घिमीरेले जानकारी दिनु भयो ।
प्रेस वक्तव्य:
यही आउदो अक्टोवर १३-१६ सम्म काठमाडौंमा हुने गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को निर्वाचनमा सझम, सबल र गैर आवसिय नेपालीहरु को हक-हित तथा दोहरो नागरिकताको अधिकार प्राप्तका लागि लडने उम्मेदवारहरुलाई निर्वाचन मा सहमति र सहकार्य गर्दै विश्व भरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फ वाट केन्द्रीय अध्यक्ष सुजता कोईरालाले प्रचार प्रसार समिति को प्रमुख मा मलाई नियुक्ति गर्नु भएको यहाँहरु सबैलाई अवगत नै छ। गीरीजा प्रसाद कोइराला फाउण्डेशन सगं आवध्द भएर कार्यहरु गरिरहनु भएका सबै सदस्य महानुभाव हरुलाइ एक भएर यस चुनावि अभियान मा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइराला ले आव्हान गर्नुका साथै मलाइ ५ सदस्य चुनावि प्रचार प्रसार समीती वनाएर काम शुरु गर्न पनी आग्रह गर्नु भएको हुँदा अाजका दिन वाट नै जिपी कोईराला फाउन्डेसन चुनाव प्रचार प्रसार समीती गठन गरेको यसै विज्ञप्ति मार्फत घोषणा गर्दछु। मलाई यो जिम्मावारी दिनु भएकोमा केन्द्रीय अध्यक्ष माननीय सुजता कोइराला लाई धन्यवाद प्रकट गर्दै यस अभियानलाइ सफल बनाउन हामी कटिबध्द छौं।
जय एन अार एन ए।
चुनावि प्रचार प्रसार समीती:
सोमनाथ घिमिरे-प्रमुख
५ सदस्यज्यु हरु क्रमशः
१ . चित्र के.सि.- संयुक्त अरब इमिरेट
२ . निर्मला थापा मगर-मकाउ
३ . कुमार कार्की-जापान
४ . रमेश चतकुलि-अष्ट्रेलिया
५ . डाक्टर अग्नि राज कोइराला-दझिण कोरिया
सोमनाथ घिमीरे
अध्यक्ष
जिपी कोईराला फाउन्डेसन अमेरीका
तथा
प्रमुख चुनाव प्रचार प्रसार समिति





































