Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०६:५४ बिहान
- ADVERTISEMENT -

एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने घोषणा

प्रकाशित मिति: २०७६ साउन १२, आइतबार

827
Shares

लन्डन, १२ साउन २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।

प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उहाले बताउनु भयो ।

लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताउनु भयो ।

केन्द्रीय अध्यक्ष भवन भट्टले गत बुधबार मध्यराति एक वक्तव्य दिँदै अबको कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गरेपछि आचार्य नेतृत्वका लागि अघि सर्न लागेका जानकारी दिनुभयो । उहाले अध्यक्ष भट्टको घोषणा सकारात्मक भएको बताउनु भएको छ । एनआरएनए एउटा गैरराजनीतिक सामाजिक संस्था भएको बताउँदै आचार्यले अग्रजहरुसँगको सरसल्लाह, साथीहरुको आग्रह एवं सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनु भयो ।

‘अध्यक्ष पदमा सहमतिको सम्भावना के छ ?’ भन्ने एक प्रश्नमा आचार्यले सहमतिका लागि आफू संधै खुला रहेको तर एनआरएनए जस्तो संस्थामा बन्द कोठाभित्र बसेर २, ३ जनाले निर्णय गर्नुभन्दा प्रजातान्त्रिक ढंगले खुल्ला प्रतिस्पर्धाबाट नेतृत्व चयन हुनु पर्छ भन्ने आफ्नो धारणा राख्नु भयो ।

एनआरएनए एनसीसी बेलायतका पूर्वअध्यक्ष तथा एनआरएनए युरोप संयोजकको जिम्मेवारी सम्हालिसकेका उपाध्यक्ष आचार्यको संघकै अर्का केन्द्रीय उपाध्यक्ष जर्मनी निवासी व्यवसायी कुमार पन्तसँग प्रतिस्पर्धा हुने देखिएको छ ।

पन्तले पनि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन तयार रहेको बताइसकेका छन् । आचार्यलाई प्रजातन्त्रवादी पक्षको सहयोग रहने धेरैको ठम्याइ छ भने पन्तलाई वामपन्थी समूहले साथ दिने आँकलन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -