Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२३:१५ बिहान
- ADVERTISEMENT -

जापानमा छात्रवृत्ति पाउने नेपाली विद्यार्थीको नाम घोषणा तयारी

प्रकाशित मिति: २०७६ साउन ९, बिहीबार

1154
Shares

टोकियो, ९ साउन २०७६ । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा सय जना नेपाली विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्ति प्राप्त गर्नेहरुको नाम अगस्ट ५ तारिखका दिन घोषणा गरिने भएको छ ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासँगै देखिएका विविध समस्या तथा चुनौती न्यूनीकरणमा अग्रसरता देखाउँदै एनआरएनए जापानले छात्रावृत्ति कार्यक्रम संचालन गर्दै आएको छ ।

जापान आउने अधिकांश विद्यार्थीहरू भाषा स्कुल तथा भोकेसनल कलेज, विश्वविद्यालय अध्ययनपश्चात भिसा परिवर्तन गरी अर्थोपार्जन गर्ने भएता पनि केही विद्यार्थीको उद्देश्य भने उच्च शिक्षा अध्ययन गर्नकै लागि हुने गर्छ, तर कलेज शुल्क तिर्न र दैनिक खर्च चलाउनको लागि मात्रै पनि काममा बढी ध्यान दिनुपर्ने भएकाले अध्ययनमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै भाषा स्कुल तथा भोकेसनल कलेज तथा विश्वविद्यालयमा अध्ययनरत जेहेन्दार तथा लगनशील सय जना विद्यार्थीलाई विशेष छनौट प्रकृयाका आधारमा यो सेवा दिन लागिएको महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पनि यस्तै प्रकृयाबाट ३० जना विद्यार्थीले छात्रवृत्ति सेवा पाइसकेका छन्। यही जुलाई १ तारिखसम्म आवेदन दिई प्रकृया पूरा भएका विद्यार्थीहरुको नामावली छात्रवृत्तिको लागि एक विशेष कार्यक्रमसहित घोषणा गरिने अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार कार्यक्रम दिवा १३ः०० बजे हुने र आसागयास्थित साङ्ग्यो स्योको खाईखान (सुगुनामी कु आसागया मिनामी ३-२-१९) हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -