Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२७:४९ बिहान
- ADVERTISEMENT -

आगामी कार्यकालका लागि चुनाव नलड्ने भवन भट्टको अग्रिम घोषणा

प्रकाशित मिति: २०७६ साउन ९, बिहीबार

1119
Shares

जापान , ९ साउन २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफूले आगामी कार्यकालका लागि चुनाव नलड्ने अग्रिम घोषणा गर्नु भएको छ ।

बिहीबार मध्यरात एक विशेष सम्बोधन गर्दै भट्टले आफूले अर्को कार्यकालका लागि चुनाव नलड्ने घोषणा गर्नु भयो ।

आगामी कार्यकालका लागि भट्टले चुनाव लड्ने या नलड्ने भन्नेबारे एनआरएनभित्र चासो बढिरहेको बेला उहाले चुनाव नलड्ने घोषणा गर्नु भएको थियो ।

यद्यपि उहाले नयाँ नेतृत्वका लागि कसलाई सघाउने भन्नेबारे चाहिँ केही खुलाउनु भएको छैन । यसअघि भट्ट अध्यक्ष बन्दा उपाध्यक्ष कुमार पन्तलाई अर्को कार्यकालमा सघाउने भन्ने भद्र सहमति भएको भनिएको बेला भट्टले चुनाव नलड्ने घोषणा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अहिले अध्यक्षको दौेडमा सबैभन्दा अघि पन्त रहेका छन् ।

‘सबैको भवन भट्ट अबको चुनावमा उठ्ला भन्ने प्रश्न छ, एनआरएनमा मैले धेरै मायाँ पाएको छु । म भाग्यमानी छु । मैले एनआरएनमा कमाएको पनि यही मायाँ हो । मेरो शुभेच्छुकको समर्थकको मायालाई म सम्मान गर्छु । अबको चुनाव लड्दिनँ’, सम्बोधनका क्रममा भट्टले भन्नु भयो ।

आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले पावर र लोभी संस्कारलाई चिर्नु जरुरी रहेको बताउनु भयो  ।

‘के अध्यक्षमात्रै टप लिडरसिप हो त ? यहाँ कैयन भवनहरुले अवसर पाउन सक्नु पर्छ । परिवार, लोभ, मोहबाट माथि उठ्न हामीले सिक्नुपर्छ ’ भट्टले भन्नु भयो, ‘मैले त्यो अन्त्य गरेको छु । धेरै साथीहरुले निरन्तरतामा जोड दिँदादिँदै मैले यो एउटा उदाहरण पेश गरेको छु ।’

‘ मैले गरेको गरेको यो निर्णलाई साथीहरुले स्वीकार गर्नुहुन्छ भन्ने ठानेको छु’ उहाले थप्नु भयो ।

आफू एनआरएनबाट रिटायर्ड भएको नभई चालक बस्ने सिटबाट पछाडि हटेको मात्रै । ‘न म रिटायर्ड भएको हुँ, बरु म झन् सक्रिय भएर लाग्नेछु । एनआरएनसँग सम्बन्धित मामलामा सँधै सँगै रहनेछु’ उहाले भन्नु भयो ।

‘एनआरएनए मेरो मुटुमा छ, म एनआरएनसँगै धड्किन्छु । एनआरएनए मेरो नेपाल बाहिरको नेपाल हो । एनआएन मेरो रगत रगतमा छ जीवनपर्यन्त रहन्छ । म चालकको सिटबाट पछडि सरेको मात्रै हो । बसबाट निस्केको छैन । म साहसपूर्ण नेतृत्वको खोजीमा छु ।’ भाबुक हुदै भट्टले भन्नुभयो ।

एनआरएनलाई कसैले दायाँबायाँ गर्न खोजे आफू चुप लागेर नबस्ने पनि भट्टले बताउनु भयो ।

आफ्नो दुई वर्षे कार्यकालमा सहयोग गर्ने सबै सञ्चारकर्मी, संघसंस्था, नेपाल सरकार, रराजनीतिक दललगायतलाई सम्पूर्ण महानुभाबहरुमा धन्यबाद ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -