Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:५१ बिहान
- ADVERTISEMENT -

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित

प्रकाशित मिति: २०७६ असार २२, आइतबार

1336
Shares

सिड्नी, २२ असार २०७६ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेल निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी दिनेश पोखरेललाई ३९१ मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । अध्यक्ष कँडेलले ४१४८ मत प्राप्त गर्न सफल हुनु भएको थियो भने पोखरेलले ३७५७ मत पाउनु भएको थियो । यसैगरी महासचिवमा डा। ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् । उनले पाएको यो मत संख्या सर्वाधिक उच्च हो ।

यस्तै सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।

राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा निर्वाचित हुनेमध्ये सबैजसो कँडेल प्यानलका रहेका छन् ।

यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।

‘नो भोट’मा ठूलो संख्या

यसपटकको निर्वाचनमा नोट भोट अर्थात् उम्मेदवारमध्ये कसैलाई पनि भोट नदिने अप्सनसमेत दिइएको थियो । अनौठो के छ भने ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारप्रति आफ्नो बिश्वास देखाएनन् र नो भो भोटमा मतदान गरेका छन ।

जस्तो कि, अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मत दिए । यसको जम्मा ३९१ मतले हारजितको निर्धारण गरेको यो चुनावमा ४६१ अर्थात् कुनै एक उम्मेदवारलाई जिताउन वा हराउन सक्ने संख्याले नो भोट छनौट गरेका छन् ।

यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् । सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् । सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्षका दुवै उम्मेदवारप्रति मत दिन इन्कार गरेका छन् ।

मतदान प्रकृयामा सहभागी भएर यति ठूलो संख्यामा उठेका उम्मेदवारप्रति असन्तोष दर्साउनुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । यसको कारण के हुनसक्छ भनी एनआरएन अष्ट्रेलियाभित्र कारणहरुको खोजी हुन थालेको छ ।

चुनावी समीकरण निर्माण गर्दा आफुले मन पराएका उम्मेदवार प्रतिस्पर्धामा जान बञ्चित भएपछि एउटा ठूलो पंक्तिले नो भोट अप्सन छनौट गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।

नवनिर्वाचित एक एनआरएन सदस्यले भने- मतदान प्रकृयामै सहभागीता नजनाएको भए गैरआवासीय नेपाली संघप्रति नै असन्तुष्टिका रुपमा लिन सकिन्थ्यो तर मतदानमा सहभागी भएरै नो भोट गर्नु अनौठो देखियो ।’

कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदान प्रकृयामा सहभागी भएका थिए । ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता हुन् आएनन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -