कनेक्टिकट अमेरिका, के पी भट्ट , २ जुन २०१९ । पुर्बी तटीय राज्य कनेक्टिकटमा हामी नेपाली ग्लोबल संस्थाले अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ । सोहि कार्यक्रममा आफ्ना संस्थापक सदस्यहरुलाई प्रमाण पत्र बितरण गर्ने काम पनि संस्थाले सम्पन्न गरेको छ ।
सोही सस्थाका कनेक्टिकट राज्यका कन्सुलर श्री घनश्याम खड्काको संयोजनमा भएको उक्त कार्यक्रममा “हामी नेपाली ग्लोबल ” का केन्द्रिय अध्यक्ष अमृत लामाले सो प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
सोही अवसरमा अध्यक्ष श्री लामाले संस्थाको उदेस्य र गतिविधीमाथी थप प्रस्ट पार्नु भएको थियो भने सस्थाको युरोप शाखा अन्तर्गत बेल्जियम, होल्याण्ड र जर्मनीको शाखा यहि जुन १५ मा खोलिने जानकारी पनि दिनु हुँदै उपस्थित समाजका अगुवाहरुले उठाउँनु भएका जिज्ञासालाई सम्बोधन गर्दै दिएका सुझावहरुलाई पनि ग्रहण गर्ने काम भएको अध्यक्ष लामाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा कनेक्टिकटका स्थानीय विभिन्न पेशा र व्यवसाय गर्ने समाजसेवीहरुको उपस्थिति रहेको थियो ।





































