नेपाली कांग्रेस गोरखाद्वारा अमेरिका सम्पर्क समितिको अध्यक्षमा सोम भट्ट मनोनयन गरेको छ !
गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले अमेरिकामा रहेका सोम भट्टलाई नेपाली कांग्रेस गोरखा–अमेरिका सम्पर्क समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।

नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार जिल्ला कार्यसमितिको निर्णयका आधारमा भट्टलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। जिल्ला कार्यसमिति गोरखाका सभापति नन्दप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित पत्रमार्फत उनलाई औपचारिक रूपमा मनोनयन गरिएको जानकारी दिइएको छ।
पत्रमा पार्टीको विधान र नियमावलीको अधीनमा रही समितिलाई पूर्णता दिँदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ। साथै, सम्पर्क समितिको कार्यकाल सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ।
अमेरिकामा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, पार्टी–समर्थकहरूबीच समन्वय र मातृभूमिसँगको सम्बन्ध सुदृढ बनाउन सम्पर्क समितिको भूमिका महत्वपूर्ण रहने विश्वास लिइएको छ।





































