Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:०४ दिउँसो
- ADVERTISEMENT -

डढेलोले दुई हजार २० हेक्टर वन नष्ट

प्रकाशित मिति: २०८१ जेठ २४, बिहीबार

176
Shares

 गुल्मीमा दुई हजार २० हेक्टर वन क्षेत्र डढेलो कारण नष्ट भएको छ । जिल्लाका विभिन्न १२ वटै स्थानीय तहका सामुदायिक वनहरुमा लागेको डढेलोका कारण दुई हजार २० हेक्टर वन क्षेत्र नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी राजन कुँवरले जानकारी दिनुभयो ।  

उहाँका अनुसार जिल्लाका १२ वटै स्थानीय तहमा कूल दुई हजार २० हेक्टर सामुदायिक वन क्षेत्र डढेलोका कारण नष्ट भएको कार्यालयले जनाएको छ । विशेषगरी मानवीय लापरबाहीका कारण डढेलो लाग्ने गरेको छ । वन क्षेत्रमा आगो लगाउने रेसुङ्गा नगरपालिका सातका दुई जनालाई प्रकाउ गरी प्रहरी कार्यालयमार्फत् अदालतमा पेश गरिएको र उनीहरु अहिले जिल्ला कारागार कार्यालय गुल्मीमा पुर्पक्षका लागि थुनामा रहेको कुँवरले बताउनुभयो ।

पछिल्लो समयमा पानी परेकाले अब डढेलो लाग्नो सम्भावना कम भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । गत वर्ष जिल्लामा दुई हजार २०८ हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भएको थियो ।

वन डढेलो र आगलागी हुन नदिनका लागि डिभिजन वन कार्यालय गुल्मीले प्रचारप्रसार र सन्देशमुलक जानकारीहरु गराउँदै आएको जनाएको छ । स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजनहरुमार्फत् वन डढेलो र यसका असर बारेमा सन्देशमुलक सूचनाहरु प्रकाशन र प्रशारण गर्दै आएको कार्यालयले जनाएको छ । 

वनमा आगो निभाउने क्रममा मृत्यु भएका ११ जनाले पाएनन् राहत

२०६६ साल वैशाख १२ गते हस्तिचौर सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा साबिकको वडा नं ३ का ५ जनाको घटना स्थलमा नै ज्यान गयो । यसरी ज्यान जानेहरुमा रामलाल घिमिरे, अमरबहादुर कुँवर, देबकली खत्री, सीता कुँवर, धनकली खत्री रहेका छन् । 

यस्तै, साबिकको बडागाउँ गाबिसको तिलेहार सामुदायिक बनमा २०६६ साल वैशाख ५ गते आगो निभाउने क्रममा घाइते भई उपचारको क्रममा वैशाख १० गते बडागाउँ ८ का गोपाल सुनारको ज्यान गयो । २०७२ साल चैत्र २९ गते  धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मलायगिरी गाबिस वडा नं १ का कमल खड्काको कृतीपुर अस्पतालमा उपचारको क्रममा २०७३ साल वैशाख ११ गते ज्यान गयो । यस्तै २०७३ साल वैशाख १७ गते दोहोली गाबिस जलुकी खोला वनमा लागेको आगो निभाउने क्रममा  वडा नं ५ का तुलसी लामा गुरुङको घटना स्थलमै ज्यान गयो भने सोही आगो निभाउने क्रममा गम्भिर घाईते भएका वडा नं ६ का लोकबहादुर गुरुङको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा ज्यान गयो । 

२०७३ साल बैशाख १८ गते वडागाउँ गाविस वडा नं १ को कर्लाम सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा मेयरसिंह रास्कोटीको ज्यान गएको छ । यस्तै घरबाट नुहाउन भनी हिँडेकी धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षकी बालिका संगिता कुँवरको स्थानीय धाराखोली बले सल्लाघारी सामुदायिक वनमा लागेको डढेलोका कारण ज्यान गएको छ। उनीहरुको आश्रीत परिवारलाई सामान्य राहत प्रदान भएपनि उनीहरुले नेपाल सरकारको तर्फबाट विशेष राहत भने पाउन सकेका छैनन् ।

डिभिजन वन कार्यालय गुल्मीले सबै अभिलेख विभागमा पठाएको र केही राहत नआएको वन अधिकृत पंकज ठाकुरले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -