Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३७:०४ दिउँसो
- ADVERTISEMENT -

पक्राउ पूर्जी जारीपछि होटल स्‍क्‍वायरकी सञ्‍चालक भण्डारीले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

प्रकाशित मिति: २०८० माघ ७, आइतबार

304
Shares

काठमाडौं : पक्राउ पूर्जी जारी भएपछि ललितपुरको होटल स्क्वायरकी सञ्‍चालक ललिता भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन्। उनी शनिबार प्रहरी परिसर ललितपुर पुगेकी हुन्।

 जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख/एसएसपी शेखर खनालले भण्डारी प्रहरी हिरासतमा रहेको बताए। एसएसपी खनालले अन्नपूर्णसँग भने,’पक्राउ पूर्जी जारी भएपछि भण्डारी स्वयं प्रहरी परिसर आएकी हुन्। ‘उनीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गत १५ भदौमा उक्त होटलको स्वीमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्। उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै  प्रहरीमा निवेदन दिएकी थिइन्। घटना भएको झन्डै पाँच महिनापछि माघ ४ गते प्रहरीले जाहेरी दर्ता गरेको थियो। 

 मानन्धरले होटल सञ्‍चालकद्वय रोमी अर्याल र भण्डारीविरुद्ध जाहेरी दिएकी थिइन्। दुवैजनाविरुद्ध गत साता पक्राउ पूर्जी जारी भएको थियो। सोही आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो। अर्यालको भने खोजि भइरहेको प्रहरीले जनाएको छ।

पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन्। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -