Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:४२ दिउँसो
- ADVERTISEMENT -

कैलालीकाे गाेदावरीमा भवन उद्घाटनमा एमाले र कांग्रेसबीच विवाद

प्रकाशित मिति: २०८० माघ ४, बिहीबार

124
Shares

धनगढी- कैलालीकाे गाेदावरी नगरपालिकामा भवन उद्घाटनकाे विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच विवाद हुँदा तनावपूर्ण अवस्था सिर्जना भएकाे छ।

तत्कालीन एमालेबाट निर्वाचित मेयरले उद्घाटन गरिसकेको भवन कांग्रेसबाट जितेका मेयरले उद्घाटनको तयारी गरेपछि तनाव सिर्जना भएको हो।

अघिल्लाे कार्यकाल सकिनै लाग्दा २०७८ चैत १४ गते तत्कालीन गाेदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले निर्माण सम्पन्न नै नभएकाे नगरपालिकाकाे भवन उद्घाटन गरेका थिए।

एशियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारको क्षेत्रीय शहरी विकास आयोजना मार्फत् निर्माण भएको कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवन यहीँ मंगलबार मात्र निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण गरेकाे हाे।

मंगलबार भवन हस्तान्तरणपछि आज बिहीबार कांग्रेसको तर्फबाट जितेका मेयर वीरेन्द्र भट्टले उद्घाटनको तयारी गरेका हुन्।

प्रशासकीय भवनको फेरी उद्घाटन गरेर मेयर भट्टले अपनत्व लिन खोजेके भन्दै नेकपा एमालेले विरोध गरेको छ। अहिले उदघाटनकाे तयारी भइरहेका बेला नगरपालिकामा एमाले कार्यकर्ताले नारावाजी गरिरहेका छन्।

एमाले गोदावरी नगर कमिटीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक पटक उद्घाटन गरिसकेको भवन फेरि उद्घाटन गरिए त्यसको विरोधमा उत्रिने चेतावनी दिएको थियाे।

नेकपा एमाले गोदावरी नगर कमिटीकाे आह्वानमा एमालेका कार्यकर्ताले नगरपालिका घेराउ गरेका छन्।

तत्कालीन नगरप्रमुख साउँदले निमार्ण सम्पन्न नहुँदै भवनको उद्धघाटन गरे पनि नगरपालिकाले सो पश्चात २ वर्षसम्म भाडाको भवन बाट सेवा दिँदै आएको थियो।

भर्खर मात्र नवनिर्मित भवनबाट सेवा सुरु गरिएकाे छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख भट्टले निर्माण सम्पन्न नहुँदै तत्कालीन मेयरले भवन उद्घाटन गर्नु गलत रहेकाे बताए। उनले उक्त भवन साउँदैकै पालामा निमार्ण सुरु भएर उद्घाटन भएपनि दुई वर्षसम्म साढे चार लाखका दरले मासिक भाडा तिर्नु परेकाे बताए।

हाल नगरपालिकाले सबै सेवा नयाँ भवन बाट सुचारु गरिसकेको छ। मंगलबार भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकामा क्रियाशील राजनीतिक दलहरुका प्रतिनिधिको सहभागिता रहेको भएपनि एमालेका जनप्रतिनिधि र नेता कार्यकर्ताको भने सहभागिता रहेको थिएन।

नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि शर्मा एण्ड कम्पनीसंग सम्झौता भएको थियो। २०७६ साल मंसिर २० गतेदेखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ।

भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो। भवन क्षेत्रीय सहरी विकास कार्यालय धनगढीका इन्जिनियर शौरभ कलौनीले नगरप्रमुख भट्टलाई हस्तान्तरण गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -