Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:५० दिउँसो
- ADVERTISEMENT -

२८ खर्ब ९० अर्ब डलरमा उक्लियो माइक्रोसफ्टको बजार पुँजीकरण

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

203
Shares

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेशनको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलरमा उक्लिएको छ । शुक्रबार बजार पूँजीकरणको आधारमा सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको एप्पललाई उछिनेर माइक्रोसफ्ट शीर्ष स्थानमा उक्लिएको छ । 

कृत्रिम बौद्धिकता (एआई)मा लगानी गरेसँगै यो वर्ष कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि भएको थियो । चीनमा आइफोनको विक्री सुस्ताउँदा यो वर्ष एप्पलको लागि अवस्था जटिल बनेको छ ।

शुक्रबार शेयर बजारमा कारोबार बन्द हुँदा एप्पलको बजार पुँजीकरण २८ खर्ब ७० अर्ब डलर थियो भने माइक्रोसफ्टको बजार पुँजीकरण २८ खर्ब ९० अर्ब डलर थियो । योसँगै माइक्रोसफ्ट पब्लिक्ली शेयर कारोबार हुने विश्वको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । 

स्याम अल्टम्यानको एआई कम्पनी ओपनएआईमा १० अर्ब डलर लगानी गरेयता माइक्रोसफ्टको शेयर लगातार बढिरहेको छ । प्रविधि कम्पनीहरुले कृत्रिम मौद्धिकतामा धमाधम लगानी ओइराइरहँदा गएको वर्ष नास्डाक शेयर परिसूचक ५४ प्रतिशतले बढेको थियो । यो उछाल यस वर्ष पनि देखिने विश्लेषकहरुले भविष्यवाणी गरिरहेका छन् ।

तर एप्पलको लागि नयाँ वर्षको शुरुआत राम्रो रहेन । अमेरिकामा कानूनी लडाईका कारण कम्पनीले एप्पल वाच बेच्न पाएन । कम्पनीको शेयर मूल्यको प्रक्षेपण कटौतीको घोषणायता शेयर मूल्य ओरालो लागिरहेको छ । बेलायती बैंक बार्कलेजले शुरुमा शेयर मूल्यको प्रक्षेपण घटाउँदा एकै दिनमा एप्पलको बजार पुँजीकरण १ खर्ब डलरले गुमेको थियो ।

यो वर्ष पनि चीनको समस्या जारी रहने अपेक्षा गरिएको छ । चीनले सरकारी अधिकारीहरुलाई आइफोन प्रयोग गर्न बन्देज लगाइरहेको छ ।  सन् २०२२ को तुलनामा सन् २०२३ मा चीनमा आइफोनको विक्री ३० प्रतिशतले घटेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -