Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२४:१६ दिउँसो
- ADVERTISEMENT -

शीतलहर छल्न मुसहर समुदायद्वारा दाउरा माग

प्रकाशित मिति: २०८० पुस २९, आइतबार

150
Shares

लहान, पुस ३० गते। शीतलहरको चपेटामा परेका विपन्न मुसहर समुदायले दाउरा र न्यानो लुगा माग गरेका छन्। अन्य समुदायको तुलनामा अभावै अभावमा जीवन बिताउने मुहसर समुदाय ९९ प्रतिशत भूमिहिन र हरुवाचरुवा छन्।  

लहान–१२ की शिवकुमारी सदाय भन्नुहुन्छ, ‘‘शीतलहर चलेपछि जटियाहीका मुसहर समुदायलाई ठूलो समस्या भएको छ। घुर ताप्न दाउरा छैन। अझै शीतलहर लम्बिने हो भने हातमुख जोर्न समस्या हुनेछ।’’

सखुवानन्कारकटी गाउँपालिका–२ पटनाका मिसरीया सदायका अनुसार कृषकले यस वर्ष धान काटिने मेसिन प्रयोग गरेर धान भित्र्याएपछि जनजीवनको रुपमा धान मजदुरीको रुपमा जम्मा हुन सकेन। शीतलहरमा निर्माण मजदुरको रुपमा काम गर्न जाउ भने न्यानो लुगा छैन। ठूलो समस्या आइपुग्यो। गाउँपालिकाबाट मुसहर समुदायलाई कष्टकर जनजीवनलाई सहज बनाउन कुनै राहत आउने छाँटकाँट छैन कसरी बाँच्नु ठूलो समस्या भयो।

लहान–२ को नहर किनारामा बसेका मुसहर समुदाय सहरी क्षेत्रमा ठेला चलाएर निर्माण मजदुरको रुपमा काम गरेर दैनिकी टार्नेहरुको जनजीवन कष्टकर भइरहेको स्थानीय गेनादेवी सदायले पीडा पोख्नुभयो। उहाँको अनुसार शीतलहरबाट जोगिन परालको आगो तापेर जसोतसो समय काटिरहेका छौं। 

लहान नगर प्रमुख महेशप्रसाद चौधरीसँग दलित विपन्नलाई शीतलहरबाट जोगाउन के गरिरहनु भएको छ भने जिज्ञासामा उहाँले भन्नुभयो, ‘‘नगरसभामा व्यस्त रहेकोले दाउरा र न्यानो लुगा वितरणमा केही ढिलाई भएकै हो। कम्बल र दाउरा वितरण कार्य चाँडै हुनेछ।’’

शीतलहर बढेपछि सिरहाका १७ वटै पालिकाका शिक्षा शाखाले जाडो बिदा दिएको छ। नरहा गाउँपालिका, गोल बजार नगरपालिका, नवराजपुर गाउँपालिका विष्णुपुर गाउँपालिका डिभिजन वन कार्यालय सिरहा लहानबाट दाउरा खरिद गरी विपन्न बस्तीमा वितरण गरिएको छ। धनगढीमाई नगरपालिका–५ ले न्यायनो लुगाको रुपमा मोटो सिरक नै वितरण गरिसकेको छ।

शीतलहर र बाढीको चपेटामा प्रत्येक वर्ष दलित विपन्न समुदाय नै पर्ने गरेको पूर्व जानकारी भए पनि पालिकाको विपद् व्यवस्थापन समितिको पूर्व तयारी नहुनु बिडम्बना नै भएको दलित अभियन्ता राम गणेश दासले गुनासो गर्नुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -