Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:२४ दिउँसो
- ADVERTISEMENT -

अदालतको आदेशपछि प्रअको पद बहाली

प्रकाशित मिति: २०८० पुस २५, बुधबार

179
Shares


चितवन — उच्च अदालत पाटनको हेटौंडा इजलासले चितवन रत्ननगरको नेपाल नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई सरुवा नगर्न आदेश दिएको छ । आदेशपछि प्रधानाध्यापक बुद्धिराज सुवेदीले मंगलबारबाट पद बहाली गरेका छन्। नगरपालिकाले सरूवा गरेपछि प्रधानाध्यापक सुवेदीले सरुवा बदरको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।
अदालतले पुस १९ गते बिहिबार उक्त आदेश दिएपछि त्यही आदेशका आधारमा प्रअ सुवेदीले मंगलबारबाट विद्यालयको काम थालेका छन् ।
रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले बुधबार कान्तिपुरसँग कुरा गर्दै अदालतको आदेश नगरपालिकाले मान्ने र केही गर्न परे समीक्षा गरेर पछि कदम चाल्ने बताए । ‘हामीले कार्यविधि बनाएर नगरपालिकाका प्रअहरुलाई सरुवा गर्दा उहाँलाई पनि अर्को विद्यालयमा सरुवा गरेको हो । त्यसका विषयमा अदालतले बोलेपछि जे बोलेको हो त्यो कार्यन्वयन गर्दर्छौ’ मेयर सापकोटाले भने ।

सुवेदीलाई रत्ननगरको शिक्षा समितिले भदौ १५ गते प्रअ पद नखुलाई रत्ननगरकै मोहना माविमा सरुवा गरेको पत्र पठाएको थियो । त्यसको एक महिनापछि असोज १६ मा फेरि अर्को पत्र पठाउँदै समान तह र समान पदमा सरुवा गरेको उल्लेख गर्दै नेपाल मावि विद्यालय व्यवस्थापन समितिलाई २४ घण्टाभित्र रमाना देउ भनेर निर्देशन गरेको थियो । प्रअ सुवेदीले असोज १६ मै उच्च अदालतको हेटौंडा इजलासमा रिट दर्ता गराएका थिए ।

सो निवेदनमा अदालतले भोलिपल्टै सुनुवाई गर्दै असोज १७ गते नै सरुवा सम्बन्धि निर्णय कार्यन्वयन नगर्नु नगराउनु, यथास्थीतीमा राख्नु र निवेदनकलाई नेपाल माविको प्रअको हैसियतमै काम गर्न अवरोध नगर्नुृ भनि अल्पकालिन अन्तरिम आदेश गरेको थियो । सो अल्पकालीन अन्तरिम आदेशका उपर थप छलफल गर्न असोज २४ मा दुवै पक्षलाई अदालतमा उपस्थित हुन पनि पेसी तोकिएको थियो ।
अदालतको आदेश भएर पनि त्यो बेला प्रअका हैसियतमा आफुले काम गर्न नपाएको सुवेदीले बताए । व्यवस्थापन समितिले असोज १७ मै अर्को शिक्षकलाई निमित्त प्रअ तोकेको र १९ गते पद बाहली नै गरेको सुवेदीले जानकारी दिए । असोज २४ मा अदालतमा दुवै पक्ष उपश्थित भएर बहस गरेपछि अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाएन । त्यसपछि आफू मोहना मावि गएर अंग्रेजी शिक्षकको हैसियतमा पढाएको सुवेदीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -