के पी भट्ट कनेटिकेट अमेरिका एप्रिल १८, २०१९ । एनआरएन अमेरिकाको २०१९-२०२१ निवार्चन कार्यतालिका सार्वजनिक भएसंगै उमेदवारहरुको मनोनयन प्रक्रिया सुरु भएको छ ।
लामो समयदेखि अमेरिकाको मेरिल्याड बाल्टिमोरमा बसोबास गर्दै आउनु भएका युवा व्यवसायी अनुप खनालको आगामी कार्यकाल २०१९-२०२१ को लागी बोडअफ डायरेक्टर पदमा मनोनयन दर्ता गर्नु भयको छ ।
खनाल विगत १२ बर्षदेखि अमेरिकी नेपाली समाजमा विभिन्न संघ-संस्थामा सक्रियरुमा काम गर्दै आउनु भएको छ ।
बिधार्थी भिसामा अमेरिका आउनु भएका खनाल आफुले भोगेका विद्यमान समस्याहरु लाई समाधान गर्न को लागि आफुले आगामी एनआरएनको निर्वाचनमा बोडअफ डायरेक्टर पदमा उमेदवारी दिएको जानकारी दिनु भयो ।
आफुले सो पदमा विजय भएमा नेपालबाट बिधार्थी भिसामा अमेरिका आउने बिधार्थीका समस्या र आम अमेरिकामा बसोबास गर्ने नेपालीको हक़ हितमा काम गर्ने प्रतिबद्धता व्यक्तगर्दै आम अमेरिका बासी आमा बुवा दाजु भाई दिदि बहिनीमा सहयोगको लागि आग्रह गर्नु भयो ।





































