काठमाडौँ, गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार उपाध्यक्ष महेश श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार संस्थागत विकासको लागि आफुले उम्मेदवारी दिएको दावी गरेका छन ।
एनसिसी कुवेतसँगको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार श्रेष्ठले एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास, हित तथा अधिकारको लागि आफ्नो अध्यक्षमा उम्मेदवारी रहेको स्पष्ट पारे । गैर आवासीय नेपाली संघका कार्यक्रमहरु परिणामुखी बनाउन ठोस नीति तथा कार्यतालिकाको अवलम्बन गरिने र प्राविधिक, आर्थिक, सामाजीक, साँस्कृतिक र वातावरणीय पक्षहरुको गहन अध्ययनपछि मात्र संघका परियोजनाहरुको निर्धारण गरिने श्रेष्ठले बताए ।
अध्यक्षका प्रत्याशी श्रेष्ठले ब्यापक छलफल र परामर्शपछि संघको दुई वर्षे कार्ययोजनासहितको क्यालेण्डर तयार गर्ने, आईसिसी र एनसिसीका क्रियाकलपहरु समेत सोही कार्ययोजनामा समाहित गर्ने योजना रहेको बताए ।
गैर आवासीय नेपाली संघलाई अत्याधुनीक डिजिटल प्रविधियुक्त बनाउने, सचिवालयका सबै अभिलेखहरुलाई डिजिटलाई गर्ने र संघले हाल प्रयोग गर्दै आएको एमआइएस सिस्टमलाई थप सरल र सुरक्षित बनाइने उनको कार्ययोजना रहेको छ ।
गैर आवासीय नेपाली संघलाई अत्याधुनीक डिजिटल प्रविधियुक्त बनाउने एजेन्डा रहेको बताउँदै श्रेष्ठले भने, ‘मैले निर्वाचन जितेमा सचिवालयका सबै अभिलेखहरुलाई डिजिटलाई गर्नेछु । संघले हाल प्रयोग गर्दै आएको एमआइएस सिस्टमलाई थप सरल र सुरक्षित बनाउन लागिपर्नेछु ।’
श्रेष्ठले सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको ब्यक्तिगत सहयोगमा भर पर्नुपर्ने स्थितिको अन्त्य गरी आर्थिक दिगो वैकिल्पिक स्रोतको खोजि गरिने र स्मार्ट एनआरएनए परियोजनाका विविध आयामलाई सबलीकरण गर्दै मेम्बरसीप बेनिफिट कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । श्रेष्ठले एनसिसी कुवतेको राहत कोषमा ५ लाख सहयोगसमेत गरेका छन ।






































