Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:२७ दिउँसो
- ADVERTISEMENT -

माहोल बनाउँदै एसिया प्यासिफिक संयोजकका उम्मेद्धार शिव प्रसाद पौडेल

प्रकाशित मिति: २०८० असोज ८, सोमबार

453
Shares

काठमान्डौ गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३/२५ कार्यकालका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद निवर्तमान अध्यक्ष शिव प्रसाद पौडेलले दृढ संकल्प मेलमिलाप र अभिभावकत्वले सम्भव भयो एनआरएनए जापान अब्बल , भोलि होइन आजै सर्छौ, अब बनाउँछौँ एनआरएनए एसिया प्यासिफिक सबलू भन्ने मूलमन्त्रको साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा गरेका पौडेलले आफ्नो पक्षमा माहोल बनाउँदै गएका छन् हालै मात्र उनी दक्षिण कोरिया पुगेर आफ्नो एजेन्डा सहित आफू रिजनल संयोजकमा उम्मेदवारी दिन लागेको जानकारी दिएका थिए।

लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका सामाजिक , व्यवसायीक हिसाबले परिचित पौडेल एनआरएनए अभियानमा लागेर सक्रिय सामाजिक सेवा गर्दै आएका छन्।

पौडेलले एनआरएनए जापानको अध्यक्ष हुँदा कोविडको समयमा उल्लेखनिय सामजिक योगदान गरेका थिए। कोभिडको बेलामा उनकै पहलमा दुई महिनाको अन्तरालमा चार हजार भन्दा बढी नेपालीहरुले खोप लगाउनको लागि सहजीकरण भूमिका खेलेका थिए।

त्यस्तै जापान बाट उठेको रकम सदुपयोग गर्दै किट, अक्सिजन कन्सनट्रेटर, मास्क लगायत अत्यावश्यक सामग्री नेपालमा भित्राएर सबैको मनमुटुमा बस्न सफल भएका थिए।

सबैमाझ लोकप्रिय र नम्र स्वभावका पौडेलले संस्थागत विकास , विषेशगरी एसिया प्रशान्त क्षेत्रका देशहरूको एनआरएनए एनसिसिहरु संग समन्वय गर्दै अगाडि बढ्ने , केन्द्र संग सहकार्य गर्दै एनसिसिहरुलाई स्वायत छोड्ने,

एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउने , एनआरएनए मार्फत अध्ययनको शिलशिलामा जापान , कोरिया, चीन गएका विद्यार्थीहरूको लागि आधारभूत आवश्यकताबारे तालिम दिने , त्यस्तै नेपाल सरकार संग समन्वय गर्दै म्यानमार , थाइल्याण्ड , कम्बोडिया , मलेसियामा रहेका नेपालीभाषी नेपालीहरुलाई पिपुल अफ ओरिजिन ९एल्इ० परिचयपत्र उपलब्ध गराउन पहल गर्ने रहेको छ। रोजगारीको शिलशिलामा वा स्वरोजगार गर्दै आएका मलेसिया ,दक्षिण कोरिया ,जापान , मकाउ, चीनमा गएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन उत्प्रेरित गराउने , हङकङमा रहेका नेपालीहरुको गोर्खा मुद्दाहरुमा समर्थनको साथै समन्वयकारी भूमिका खेल्ने रहेको छ।

उनले आफ्नो केन्द्रीय एजेण्डाहरु केही दिनमा सार्वजनिक गरिने भएतापनि उनका प्रमुख एजेण्डाहरु वैदेशिक रोजगार बाट स्वदेश फर्केपछि युवा स्वरोजगार, सामूहिक लगानी , सीप र पूँजीको सदुपयोग , पर्यटन प्रर्वद्धन, एनआरएनएमा युवाहरुको आकर्षण बढाउने , सुरक्षित र मर्यादित बैदेशिक रोजगार बनाउन पहल गर्ने , नेपालको कला(संस्कृति परम्परा एसियाको डायस्पोरामा भित्र्याउने योजनासहित स्थापित गराउने लगायत रहेको बताएका छन्।यद्यपि उनका प्रमुख केन्द्रीय एजेण्डा भने केही दिनमा सार्वजनिक गर्ने जानकारी दिएका छन्।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको पौडेलको भनाइ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -