Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:३०:५५ बेलुका
- ADVERTISEMENT -

जापानबासी नेपालीका मुद्दा लिएर गगन थापालाई खुला पत्र, सामाजिक सुरक्षा सम्झौतादेखि दोहोरो नागरिकतासम्म माग

प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार

134
Shares

जापानबासी नेपालीका मुद्दा लिएर गगन थापालाई खुला पत्र, सामाजिक सुरक्षा सम्झौतादेखि दोहोरो नागरिकतासम्म माग

काठमाडौं, फागुन १ (१२ फेब्रुअरी २०२६)

जापानमा बसोबास गर्दै आएका नेपालीहरूको तर्फबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई विभिन्न सरोकार र अपेक्षासहित खुला पत्र पठाइएको छ। गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्, एसिया–प्यासिफिकका उप–संयोजक दिपक प्रसाद कंडेलले उक्त पत्रमार्फत जापानस्थित नेपाली समुदायका समस्या तथा समग्र गैरआवासीय नेपाली (NRN) का साझा मुद्दाहरू उठाउनुभएको हो।

पत्रमा सभापति थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै प्रवासमा रहेका नेपालीहरूको आशा र भरोसा अब व्यवहारमा रूपान्तरण हुने विश्वास व्यक्त गरिएको छ।

सामाजिक सुरक्षा सम्झौतामा पहलको माग

जापानमा करिब दुई लाख नेपाली रहेको उल्लेख गर्दै पत्रमा सामाजिक सुरक्षा (Totalization Agreement) सम्बन्धी द्विपक्षीय सम्झौताका लागि पहल गर्न आग्रह गरिएको छ। जापानमा कार्यरत नेपालीहरूले पेन्सन तथा करमा योगदान गरिरहे पनि नेपाल फर्किएपछि उक्त रकमको समुचित उपयोग गर्न सकिने व्यवस्था नभएको गुनासो गरिएको छ।

विद्यार्थी समस्या र दूतावास सेवा सुधारको आग्रह

जापानमा अध्ययनरत विद्यार्थीहरू २८ घण्टे कार्य अनुमतिसहित महँगो शुल्कको दबाबमा रहेको उल्लेख गर्दै अध्ययनपूर्व परामर्श, सहुलियतपूर्ण शैक्षिक कर्जा तथा अध्ययनपछि ‘वर्किङ भिसा’ सहज बनाउने विषयमा कूटनीतिक पहल आवश्यक रहेको जनाइएको छ।

त्यस्तै, टोकियोस्थित नेपाली दूतावासमा राहदानी नवीकरणलगायत सेवा सुस्त भएको भन्दै जनशक्ति वृद्धि, नियमित घुम्ती शिविर (ओसाका, नागोया, फुकुओका आदि) सञ्चालन तथा सेवा पूर्ण डिजिटलाइज गर्न माग गरिएको छ।

नेपाल एयरलाइन्सको नियमित उडानको विषय

जापान–नेपाल सिधा उडानमा अनियमितता रहेको उल्लेख गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई विश्वसनीय र नियमित बनाउन ठोस कदम चाल्न आग्रह गरिएको छ।

⸻

समग्र NRN का साझा मुद्दा

पत्रमा दोहोरो नागरिकताको स्पष्ट नीतिसहित कार्यान्वयन, श्रम क्षेत्रमा G2G (सरकार–सरकार) मोडलको प्राथमिकता र ‘शून्य–लागत’ नीति कडाइका साथ लागू गर्न माग गरिएको छ।

यसैगरी, विदेशमा आर्जित सीप र पुँजी नेपाल भित्र्याउन ‘एकद्वार लगानी प्रणाली’ तथा डिजिटल KYC लागू गर्नुपर्ने सुझाव दिइएको छ।

जापानमा मानसिक तनाव, आत्महत्या तथा आकस्मिक मृत्युका घटना बढ्दो रहेको उल्लेख गर्दै दूतावास मातहत ‘कल्याणकारी कोष’ (Welfare Fund) स्थापना गरी आपतकालीन सहयोग प्रभावकारी बनाउनुपर्ने माग पनि गरिएको छ।

पत्रको अन्त्यमा जापान “सूर्योदयको देश” भए पनि नेपालीका सपना अस्ताउन नदिन नेतृत्वको सक्रिय हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दै प्रवासबाट निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ।

⸻

दिपक प्रसाद कंडेल

उप–संयोजक

गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद् (एसिया–प्यासिफिक)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -