Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:०९ दिउँसो
- ADVERTISEMENT -

काठमाडौँमा सामान्य वर्षा

प्रकाशित मिति: २०८१ चैत २७, बुधबार

106
Shares

लामो समयपछि काठमाडौं उपत्यकामा बुधवार दिउँसो हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंको  एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा वर्षा भइरहेको छ। 

बुधवार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ।

मौसमविद् गोविन्द झाले वर्षाको क्रम भोलि (बिहीबार) सम्म पनि जारी रहने बताए। उनले भने, “आज दिउँसोदेखि सुरु भएको वर्षा बिहीबार बेलुका सम्म रहनेछ।”

देशभर वर्षा केही दिनसम्म सक्रिय रहने भए पनि काठमाडौँमा भने एक–दुई दिन मात्र प्रभाव रहने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिनयता वायु प्रदूषणको स्तर उच्च थियो। प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएका थिए।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। वर्षाले काठमाडौंलगायत प्रदूषण बढी भएका सहरहरूमा वायुको गुणस्तर सुध्रने अपेक्षा गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -