Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:२१ दिउँसो
- ADVERTISEMENT -

चिसोका कारण मधेशको जनजीवन प्रभावित, बाक्लो कुहिरोले यातायात प्रभावित

प्रकाशित मिति: २०८१ पुस १९, शुक्रबार

73
Shares

दिनभर चल्ने हावासँगै चिसो बढेपछि मधेशको जनजीवन प्रभावित भएको छ । हाट बजार तथा व्यापारिक केन्द्रमा सर्वसाधरणको चहलपहल घटेको छ । जनकपुरधामबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन प्रभावित भएका छन् ।

जाडो छल्न बालबालिका तथा वृद्धवृद्धाहरू ठाउँठाउँमा आगो तापिरहेका देखिन्छन् । अस्पतालमा रुघाखोकी, निमोनियालगायतका बिरामीको संख्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका उपनिर्देशक डा. केडी दासले बताए । चिसोको कारण बालबालिका र वृद्धवृद्धाहरू बढी प्रभावित हुने उनको भनाइ छ । न्यानो लुगा लगाउन तथा झोलिलो खानेकुरा खान उनको सल्लाह छ ।

चिसोको कारण सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या घटेको छ । बाहिर श्रम गर्ने, अटो रिक्सा, ठेला चलाउने तथा निर्माणको काम गर्ने मजदूर बढी प्रभावित भएका छन् । शीतलहर, बाक्लो कुहिरोका कारण चौपाया, पशुपंक्षी तथा बालिनालीलाई असर पुर्‍याएको छ ।

कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने भन्दै जिल्ला ट्राफिक कार्यालय धनुषाले सचेत गराएको छ । कुहिरोका कारण ५० मिटरभन्दा बढी सडक देख्न नसकिने भएकोले विपरीत दिशाबाट आउने सवारीसाधान र पैदलयात्रु तथा सवारी दुर्घटना पर्ने जोखिम भएकोले निगरानी बढाएको धनुषा ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -