त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भल पसेको छ । बुधबार दिउँसो आन्तरिक टर्मिनलको यात्रु प्रस्थान गर्ने प्रवेशद्वारमा भल पसेको हो ।
दुई भवनको बीचमा पानी निकासका लागि बनाइएको ढल थुनिदाँ विमानस्थलभित्र भल पसेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।
- ADVERTISEMENT -
भल पसेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भल पस्दा केहिबेर कामकाज रोकिएको थियो । जसले गर्दा यात्रुले सास्ती खेपेका छन् ।
- ADVERTISEMENT -
अहिले सरसफाई कर्मचारीहरूले सफा गरिसकेको प्रवक्ता झाले बताए ।