- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

आजको मौसम : केही ठाउँमा चट्याङ र हुरीबतासको सम्भावना

May 1, 2024
117
Shares
- ADVERTISEMENT -

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा र हुरीबतासको चल्ने सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकोले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ ।

- ADVERTISEMENT -

Advertisement

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

हावाहुरी र चट्याङको सम्भावना भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com