- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा पनि जातिय बिभेद अन्त्यको लागि बहस शुरु

February 3, 2024
346
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो/नेपालमा सदियौं बर्षदेखिं हिन्दू वर्णश्रममा आधारित जात व्यवस्था चल्दै आएको पाइन्छ । अहिले नेपालको संबिधान अनुसार कसैलाई पनि जातिय छुवाछूत तथा भेदभाव गर्न पाइने छैन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख रहेको छ र पनि हाम्रो समाजमा अझैसम्म पनि यस्ता बिभेदका घटनाहरु घटी रहेका छन् । नेपालीहरु रोजगारी तथा बिभिन्न सिलसिलामा बिदेशमा गएका छन । उनीहरुले बिदेश जादा आफ्नो देशको धर्म,संस्कृति,पराम्परा पनि संगै बोकेर गएको पाईन्छ । उनीहरुले नेपालमा हुने गरेका रुढिवादी धर्मकर्म, संस्कार, संस्कृति, रितीरिवाज र पराम्पराहरु अगाल्दै प्रवासमा पनि बिभिन्न गलत क्रियाकलाप र गतिबिधिहरु गरेको पाईन्छ ।बिज्ञान तथा प्रबिधिले बिकसित र समृद्द देशमा आएर पनि जातिय बिभेद जस्तो गलत व्यवहार गरेको देख्दा हामी सबैलाई अत्यन्तै दु:खी र लज्जासबोध भएको छ ।

यसै गरी जापानमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिभिन्न तरिकाले जातिय बिभेद गरेको पाइन्छ । ति बिभिन्न घटनाहरु मध्ये टोकियोको एक नमुना घटनाको बारेमा यहां प्रस्तुत गरिएको छ – जापानको सहर टोकियोमा रेष्टुरेण्टमा काम गर्न बोलाएर थर सोधेर दलित भन्ने थाहा पाए पछि काममा नराखेको जातिय बिभेद गरेको घटना छ । रेष्टुरेन्ट व्यवसाय गदै आएका नेपाल चितवन घर भएका व्यवसायी बिष्णु कडेलले बाग्लुङबाट विद्यार्थी भिषामा आएकी तस्मिता रसाइलीसंग सबैको अगाडी आत्मआलोचना गरी सामुहिक रुपमा माफी मागेका छन् । साथै कडेलले अब यस्ता जातिय भेदवाव तथा छुवाछूत जन्य व्यवहार नगर्ने बताएका छन । उनले यस्ता खालका अमानबिय व्यवहार, कुप्रथा, कुसंस्कार तथा पराम्पराहरुको अन्त्य गरेर सभ्य र समतामूलक समाज निर्माण गरी समृद्द समाज बनाउने अभियानमा आफु पनि लाग्ने प्रतिवद्धता गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जातिय बिभेदको घटनालाई लिएर जापानको सहर टोकियोमा छलफल गरियो । सो छलफलमा NRNA जापानका अध्यक्ष श्री नबिन निउरे ज्यू, NRNA जापानका सल्लाहाकार तथा पाल्पा समाज जापानका अध्यक्ष श्री निरन्जन गैरे, पत्रकार महासंघ जापानका अध्यक्ष श्री शान्ता पहारी, चितवन समाजका पूर्व अध्यक्ष श्री राजन श्रेष्ठ, NRNA जापानका पूर्व संरक्षक श्री अनिता गुरुङ, NRNA का पूर्व उपाध्यक्ष श्री सरोज कुमार खत्री, ग्लोबल फोरम जापानका अध्यक्ष श्री धन बहादुर बि.क. तथा सदस्यहरु गंगालाल जेआर, रबिन्द्र रसाइली तथा अन्य साथीहरुको उपस्थिती रहेको थियो । २१ औं शताव्दीमा  बिदेशमा आएर पनि यसरी मान्छेले मान्छेलाई बिभेद गरेको सुन्दा हामी सबैलाई दुखित बनाएको छ । अव यस्ता घटनाहरु घटेको सुन्न नपरोस, सधैको लागि अन्त्य गर्नुपर्छ । बिभिन्न चेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेर सबै जनालाई सचेत गराउनु पर्दछ भन्ने सबैको राय थियो । 

अब यस्ता जातिय बिभेदजन्य घटनाहरुको अन्त्य गदै समतामूलक समाज निर्माण गर्न तथा समृद्द नेपाल बनाउने अभियानमा जुटन र सहयोग गर्न  जापानमा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई ग्लोबल फोरम, जापान हार्दिक अनुरोध गर्दछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com