Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२०:०१ दिउँसो
- ADVERTISEMENT -

‘जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि ‘नेचरबेस सोलुशन’मा जानुपर्छ’

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

256
Shares

काठमाडौँ । विज्ञहरुले जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान (नेचरबेस सोलुशन) मा जान जोड दिएका छन् ।  

शुक्रबार ललितपुरमा आयोजित जलवायु परिवर्तनको क्षति न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान राष्ट्रिय स्तरको गोष्ठीमा बोल्दै विज्ञहरुले यस्तो धारणा राखेका हुन् । उनीहरुले नेपालले पनि जलवायुजन्य विपद् न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधानको योजना बनाउन आवश्यक रहेको बताए । उनीहरुले जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा परापूर्वकालदेखि प्रयोग गरिरहेका ज्ञान, सीपहरुको प्रयोग गरेर क्षति न्यूनीकरण गर्नसक्ने बताए । उनीहरुले प्रकृतिमा भएको श्रोतहरुको प्रयोगबाट पनि क्षति कम गर्न सकिने बताए । 

कार्यक्रममा बोल्दै चुरे तराई—मधेस संरक्षण विकास बोर्डका अध्यक्ष किरण पौड्यालले प्रकृतिमा आधारित समाधानमा केन्द्रित भएर जलवायुजन्य विपद्बाट भएका क्षति न्यूनीकरण गर्न सकिने बताए  । उनले परिस्थिति र रुपान्तरणलाई बुझेर क्षति कम गर्नका लागि प्रकृतिमा आधारित समाधान जरुरी भइसकेको बताए । उनले प्रकृतिमा आधारित समाधानका लागि राजनीतिक तहको स्वीकारोक्ति र नीति निर्माणको आवश्यकता रहेको बताए । 

अध्यक्ष पौड्यालले जलवायुजन्य असर कम गर्नका लागि स्थानीय सरकारले पनि प्रकृतिमा आधारित समाधानका नीति ल्याउन जरुरी रहेको बताए । उनले सरकारले जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि बनाएका नीतिहरु पनि कार्यान्वयन हुन नसकेको बताए । तीन तहकै सरकारले हरेक क्रियाकलापमा प्रकृतिमा आधारित समाधानलाई समावेश गरेर अघि बढ्न जरुरी रहेको बताए ।

अध्यक्ष पौड्यालले जलवायु परिवर्तनको असर न्युनिरकणका लागि सरकारले बनाएका नीति, नियमहरुको कार्यान्वयन हुन नसकेको बताए । उनले आफ्नै आयोजनाको जोखिमलाई पनि बेवास्ता गर्ने परिपाटी विकसित भइरहेको बताए । उनले आयोजनाहरु निर्माण गर्दा सस्तो र क्षणिक फाइदाका रुपमा मात्रै लिने गरिएको बताए । उनले आयोजना बनाउँदा जोखिम न्यूनीकरण र दिगो विकासमा बढी चासो नदिएको देखिएको बताए ।

कार्यक्रममा बोल्दै डिसिए नेपालकी राष्ट्रिय निर्देशक सम्झना बिष्टले जलवायु परिवर्तनका समस्या न्यूनीकरणका लागि प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले प्रकृतिमा आधारित समाधान कम पैसा लाग्ने र स्थनीय प्रयासबाट नै सफल र सहज हुने भएकाले जलवायुजन्य विपद् न्यूनीकरणको उपयुक्त माध्यम बन्ने बताइन् । उनले डिसिए नेपालले जलवायुजन्य विपद् न्यूनीकरणका लागि क्षति तथा नोक्शानीलाई कम गर्ने उपायबारे काम गर्दै आइरहेको बताइन् । उनले जैविक विविधतामा हालको वर्षहरुमा धेरै ह्रास आउनु जलवायु परिवर्तनकै कारण रहेको बताइन् । प्रकृतिमा आधारित समाधानको परिभाषा एउटै बनाएर प्रकृतिलाई नै बचाउने र प्रकृतिसँगसँगै काम गरेर अघि बढ्न जरुरी रहेको उनले बताइन् ।  

कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव राजु सापकोटाले प्रकृतिमा आधारित समाधानको बुझाइमा एकरुपता बनाउन जरुरी रहेको बताए । उनले कतिपय सरकारी नीतिहरु एकपक्षिय रहेकाले सबै पक्षलाई बराबर समेटेर नीति निर्माण गर्न आवश्यक रहेको बताए । उनले ठूला परियोजना निर्माण गर्दा भविष्यमा पार्नसक्ने असरको बारेमा अध्ययन र आँकलन गरेर मात्रै निर्माण सुचारु गर्न आवश्यक रहेको बताए । उनले अधिकांश राजनीतिक दलका नेताहरुको प्राथमिकता पूर्वाधार विकास मात्रै हुने गरेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -