Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:३६ दिउँसो
- ADVERTISEMENT -

कामै नगरी १८ लाख रुपैयाँ दिएको खुलासा

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

199
Shares

चार वर्षसम्म साधारण सभा समेत बस्न नसकेको र श्रीमान् हाकिम, श्रीमती कोषाध्यक्ष र बहिनीज्वाइँ अध्यक्ष रहेको सहकारीलाई रकम भुक्तानी

राजविराज — सप्तरीको राजविराज नगरपालिका–१३ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गतको धानवाली पकेट कार्यक्रममा तोकिएको कामै नगरी १८ लाख रुपैयाँ हिनामिना गरिएको खुलेको छ ।

यसरी भुक्तानी दिने र लिने कार्यमा एकै परिवारका सदस्य संलग्न रहेको समेत खुलेको छ । सरकारी निकायमा कार्यरत एकै परिवारका व्यक्ति भुक्तानी दिने र भुक्तानी लिने संस्थाका अध्यक्ष र कोषाध्यक्ष भएको संस्थालाई कानुन विपरीत सरकारी बजेट दिइएको र कामै नगरी रकम भुक्तानी भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ ।

माघ १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत बजरंगी कृषि सहकारी संस्थालाई दिएको रकम र सोबाट भएको कार्यबारे जानकारी माग गरेपछि यो विषय सार्वजनिक भएको हो । अख्तियारले १५ दिनको समय दिएर कागजातसहित जानकारी उपलब्ध गराउन पनि नगरपालिकामा पत्राचार गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत राजविराज नगरपालिकाले राजविराज–१३ स्थित बजरंगी कृषि सहकारी संस्थालाई आर्थिक वर्ष ०७७/७८ मा १२ लाख रुपैयाँ र आर्थिक वर्ष ०७८/७९ मा ६ लाख गरी १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । कार्यक्रमअन्तर्गत सहकारी संस्था छनोट गरी उक्त संस्थाले कृषक समूह निर्माण गरी एकै स्थानमा जग्गा एकीकृत गर्दै बीउविजन, बोरिङ, मल, विषादी लगायतका सामग्री वितरण गर्ने गरिन्छ ।

चार वर्षसम्म साधारण सभा नै नभएको संस्थालाई कानुन विपरीत छनोट गरी उक्त कार्यक्रमका लागि बजेट दिने कार्यका अगुवा थिए– राजविराज नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादव । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि बजेट उपलब्ध गराइएको बजरंगी सहकारीका अध्यक्ष देवकुमार यादव हुन् भने कोषाध्यक्ष रेखाकुमारी यादव रहेकी छन् ।

अध्यक्ष देवकुमार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रका बहिनीज्वाइँ हुन् भने कोषाध्यक्ष रेखाकुमारी भोगेन्द्रकी श्रीमती हुन् । यसका साथै अध्यक्ष देवकुमार राजविराज नगरपालिका मातहतको प्राविधिक शिक्षालयमा ज्यालादारी कर्मचारी हुन् भने कोषाध्यक्ष तथा प्रशासकीय अधिकृत भोगेन्द्रकी श्रीमती रेखाकुमारी राजविराजमै सामुदायिक विद्यालयकी शिक्षिका समेत छन् ।

कानुनतः सरकारी सेवामा रहेकाहरू सरकारी बजेट संचालन गर्ने समितिमा बस्न पाइँदैन् । त्यसविपरीत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्रकी श्रीमतीसमेत रहेकी शिक्षिका रेखाकुमारी र भोगेन्द्रका बहिनीज्वाइँ रहेका नगरपालिकाकै ज्यालादार कर्मचारी देवकुमार अध्यक्ष रहेको संस्थालाई बजेट दिइएको थियो ।

सो बजरंगी सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत क्रमागत योजनामा दुई वर्षमा दिइएको १८ लाख रुपैयाँको तोकिएको कार्यक्रम गरिएको छ्रैन । धानबाली पकेट कार्यक्रमअन्तर्गत सहकारीमार्फत समूह निर्माण गरी धानबालीका लागि आवश्यक बीउ, मल, सिंचाइका लागि बोरिङ, स्पे मेसिन लगायतका सामग्री दिइनुपर्ने हो । तर, यी कार्यहरू तोकिएको मापदण्ड अनुसार हुन नसकेको नगरपालिका स्रोतले जनाएको छ ।

आफनै बहिनीज्वाइँ र श्रीमती अध्यक्ष र कोषध्यक्ष रहेको सहकारीलाई बजेट उपलब्ध गराउने तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रले आफ्नी श्रीमती उक्त सहकारीमा कोषाध्यक्ष भएको विषयमा आफू जानकार नरहेको दाबी गरे । उनले नगरपालिकाको कृषि शाखाले नै संस्था छनोट गरी बजेट दिएकाले आफू यसमा संलग्न नरहेको दाबी गरे । सहकारीका अध्यक्ष देवकुमारले भने तोकिएअनुसार काम गरेको दाबी गरे । तर स्थानीय बासिन्दा भने अझै पनि उक्त बजेट अनुसारको गरिएको कार्यहरू देखाउन चुनौती दिएका छन् ।

राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङले यसबारे अख्तियारबाट पत्र आएको तथा अघिल्लो आर्थिक वर्षका कार्यक्रम रहेकाले फाइल खोजी गरी बुझ्ने कार्य भइरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -