धनगढी – कैलालीमा सालकको खपेटा समात्ने क्रममा हवल्दारसहित २ प्रहरी घाइते घाइते भएका छन्। घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका हवल्दार सुरज कठायत रहेका छन्।
उनीहरूमाथि बिहीबार बर्दगोरिया गाउँपालिका–६ मुढामा आक्रमण भएको कैलाली प्रहरीले जनाएको छ। सालकको खपेटा समात्दा त्यहाँ रहेका केही युवाले कुटपिट गरेको प्रहरीको भनाइ छ।
उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था समान्य र एकको गम्भीर रहेको छ।
प्रहरीले १० किलो सालकको खपेटासहित जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र कैलाली भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरीलाई पक्राउ गरेको छ।






































