- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

उसु महासंघको नाटक र बबुरा खेलाडीहरू ।

October 9, 2023
515
Shares
- ADVERTISEMENT -

दिपक लामा

सानै देखि खेलकुदमा रुचि राख्ने म स्वयं एसएलसी परीक्षा पछि काठमाडौं खाल्डोमा प्रवेश सँगै उसु संघ जोडिन पुगेँ, भर्खर प्रजातन्त्रको सुरुवाती समयमा सबै खालका मार्शल आर्ट्स र संघहरुको स्थापित काल थियो, खेलकुद संघ हरु बिस्तारै झाँगिदै गएको अबस्था थियो भने   बहुदलीय व्यवस्था लाई दबाउन शरद चन्द्र शाहको खुकुरी दलका अधिकांस नाइकेहरु खेलकुद संघहरू मा देखा परे,  हुन पनि तिनै खेलाडीहरूलाई प्रयोग गरी मण्डले हरुको राजनैतिक रूपमा दमन थियो तिनै व्यक्ति हरु खेलकुदमा सक्रिय थिए! 

- ADVERTISEMENT -

Advertisement

संघ हरु गठनका सुरुवाती दिन हरु बाट नै निश्चित खेल संघहरू गठन भए भने केही संघहरु राजा र भारदार हरुको मनोरञ्जनको खातिर बनाइएका झुण्ड हरुले मात्र प्रसय पाए त्यसको कारण पञ्चायती व्यबस्था को धङधङी नगइसकेको थियो! नियमावली नै परिषद्ले चाहेको बेला विघठन र गठन गर्न सक्ने अबस्था बाट चल्यो, यसैको प्रभावले संघ हरुको मोडालिटी नै परिषदको बजेट ताक्ने र सोहिमा रमाउने खालको रहृयो भने नेतृत्वमा साहु महाजन मात्र थिए! 

तत्कालीन खेलकुद मन्त्री बल बहादुर केसी बाट परिषदको दायरालाई फराकिलो बनाउने उदेश्यले भरपूर कर्मचारीहरुको नियुक्ति गरे त्यसकैको स्वरूप हाल सम्म ज्यूँका त्यू रहेको छ, रिक्त दरबन्दी धेरै भएता पनि हालसम्म आफ्ना मान्छेलाई करार बाहेक अन्य अवस्थामा पदपूर्ति गर्न सकेको छैन भने हालसालै मात्र खेलकुद मन्त्री डिक बहादुर लिम्बू को नियुक्ति पश्चात् भने मौजूदा कर्मचारीको बढुवा गर्न सफल भए! 

- ADVERTISEMENT -

Advertisement

ज्यादै थोरै बजेट त्यसमाथि पनि खेलकुद परिषद् को सदस्यसचिव को कार्यकारिणी अधिकारले गर्दा मन्त्री लिन प्रायः दलहरू चाहँदैनन्! राजनैतिक नियुक्ति बाट बन्ने परिषद् भएको हुनाले मन्त्रीले आफ्नो कार्यकालमा सदस्यसचिवलाई बर्खास्त गर्दा अदालती प्रक्रिया बाट पुनर्नियुक्ति हुने भएकोले राजनैतिक खिचातानी ज्यादै हुन्छ! 

उसु खेललाई कुनै बेला दक्षिण एसियामा पावर हाउस को रूपमा लिइन्थ्यो,नेपालले दक्षिण एसियामा उसु लाई अगाडि बढाउन बंगलादेश का ई. एफ. आर. सिद्दिकी, डी. एम. रुस्तम, इन्डियाका आनंद ककड, श्रीलंकाली मनेल धर्मकीर्ति, पाकिस्तानका इफ्तिकार मोहमद जस्तालाई उसु संघको नेता बनाई दक्षिण एसिया कै पहिलो उसु प्रतियोगिता सन् २००० काठमाडौँ बाट सुरु गरे तत्कालीन अवस्थामा थाओलू विधामा डिफिकल्टिज चालहरु थिएन भने सान्दा को प्रवेश भर्खर मात्र थियो! ज्यादै न्यून खेल सामग्री, निर्मल श्रेष्ठको केराउको झोल र खुल्ला आकाशमा अभ्यारत खेलाडीको नतिजा लोभलाग्दो थियो, संघमा भने धनाढ्य लाई अध्यक्ष बनाई आफूअनुकूल संचालन गर्न केही उसुकै सिनियर हरु लागेका थिए र सोही अनुरूप संघ गठन हुन्थे र बजाउँथे पेश्की त्यसकैको उपज अहिले सम्म करोडौं बरुजुमा उसु संघ रहेको छ! 

समयक्रममा संघ गठन र विगठनको प्रक्रिया चलिनै रह्यो, राष्ट्रिय खेलकुद परिषद् तदर्थबाद मा नै चल्दा आफूअनुकूल का व्यक्तिको नेतृत्वमा गठन गर्न सजिलो हुने भयकोले विधान केवल देखावटी मा सिमित हुनुपुग्यो, उसु संघ धेरै पटक विघठीत हुन गई तदर्थ समितिमा नै सीमित भयो भने अर्को पक्ष ओलम्पिक कमिटीले आफ्नो अनुकुलतामा गठन गर्ने परम्पराले राखेप र ओलम्पिक कमिटी बीचको स्वार्थ बाझिन गई संघ ध्वस्त हुन पुग्यो, अन्तराष्ट्रिय(अफिसियल)गेम्स हरुमा ओलम्पिक कमिटी मार्फत इन्ट्री गर्नु पर्दथ्यो भने आमन्त्रित संघ हरुको प्रतियोगितामा स्वयं संघहरु बाट नै दर्ता गर्दछन भने वार्षिक खेलकुद प्रतियोगिताहरु राखेप बाट मान्यता पाएको संघले गर्दछन्, सम्पूर्ण प्रतियोगिता हरुको तयारी,नियमित प्रशिक्षण पनि त्यही संघ बाट हुने तर ओलम्पिक कमिटीको मान्यता पाएका संघ ले भने केही गर्न नसक्ने तर अन्तराष्ट्रिय गेम्सको दर्तागर्ने अवस्थामा भने प्रशिक्षक, खेलाडी र व्यवस्थापकमा भने राम्रै सँग खेल्ने परम्पराले गर्दा खेलाडीहरू मर्कामा पर्ने गर्दछन्!

होटल सांग्रीलाका साहु प्रसिद्ध बहादुर पाण्डे हुँदै सितकर राजभण्डारी(तेक्वान्दो खेलाडी तर उसुका प्रथम प्रशिक्षक),आङ देण्डी शेर्पा(पूर्व तिब्बतियन महा वाणिज्य दुत),दीपक सरकार(चाइनिज इन्फरमेसन सेन्टर का अध्यक्ष), केशव कुमार विष्ट( राखेप पूर्व सदस्य सचिव) ले उसु संघका अध्यक्ष भएर चलाए ता पनि खेलको स्तर ओरालो लागेकोले गर्दा त्यहाँ ओलम्पिकको भोट को राजनीति भएको बुझ्न खासै कठिन छैन यसकै उदाहरण आङ देण्डी शेर्पा र केशव कुमार बिष्ट हुन जसले ओलम्पिक कमिटीमा आफनो उपस्थित जनाइसकेका छन्! हाल सम्म उसुसंघको अडिट गर्न सकेको अवस्था छैन, संघ र प्रशिक्षक बीचमा तालमेल छैन, खेलाडी हरुको उचित प्रशिक्षण छैन, उपयुक्त ट्रेनिङ हल बनाउन सकेको छैन, राखेप बाट पुरानो केशव कुमार विष्टको राजीनामा पछि वीर बहादुर तामाङ कार्यबाहक अध्यक्ष भएको महासंघलाई विगठन गरी नयाँ जनक बर्तौला को नेतृत्वमा संघ गठन भएकोमा मुद्दापरी अदालतको निर्णय अनुसार नयाँ संघ लाई पूर्ण फैसला का साथ बाटो खुलाइएको छ भने विघठित संघलाई ओलम्पिक कमिटीले निरन्तरता दिएको छ, संघ बाट महासंघ मा परिणत गरेता पनि संघिय रूपमा कार्यान्वयन भएको छैन विभागिय टिमले राष्ट्रिय टिमको शाख धान्न बाध्य भएको छ! २०१० मा चाइनिज उसु संघ ले दिएको सामग्री व्यबस्थापन गर्न नसकेर कुहिएको अबस्था छ, त्यसै गरी नेपालमा सम्पन्न साग मा किनिएको खेल सामग्रीको भण्डारण गर्ने सक्ने क्षमता वर्तमान महासंघ मा छैन, राखेप बाट प्रतियोगिता सुरु हुनुभन्दा ३ महिना अगाडि मात्र बन्द प्रशिक्षण सुरु गर्दछ, यी सबैका बावजुत पनि खेलाडीहरूको प्रदर्शन सन्तोषजनक नै मान्नु पर्दछ!

उसु खेलको थावलु विधा समय समय मा परिवर्तन भै रहन्छ निर्णायक तहमा पनि राम्रै मिलोमतोको संभावना हुन्छ, साइडलाइन निर्णायक हरुको अंक तलमाथि गर्न मुख्य निर्णायकको भूमिका ज्यादै ठूलो हुन्छ,चिनियाँ भन्दा अरु देशका खेलाडीहरू अब्बल बन्दै गएमा प्याट्रन पुरै परिवर्तन गरी पुनः सिक्नु पर्ने अवस्था आउँछ भने सान्दा को हकमा भने इरानीहरुको कब्जा जस्तै छ!

कुनै बेला राजधानीको अधिकांस स्कूल र सामाजिक क्लब मा कालो ड्रेस लगाएका उसु खेलाडीको घनत्व देख्दा लोभलाग्दो थियो! धेरै स्वयंसेवक प्रशिक्षक हरुले आफ्नो कला देखाउँथे, रोजगार पाउँथे! हालको प्रशिक्षक को हकमा भने राखेपमा दरबन्दी भएका कुल २३ जनामा अधिकांस उपत्यका नछोड्ने र खासै प्रशिक्षणमा ध्यान नदिने परम्पराले गर्दा खेलाडीहरू खासै उत्पादनमा उल्लेख्य वृद्धि छैन!

समग्रमा जति संघ गठन विगठन भएता पनि, नयाँ नयाँ नेतृत्व आएता पनि उनीहरूको एकमात्र उद्देश्य ओलम्पिक कमिटीमा प्रतिनिधित्व गर्ने हुन भने बजेटका लागि राखेप कै मुख ताक्ने, प्रशिक्षण र निर्णायक तालिममा वैदेशिक सहभागीको लागि आफ्नै खर्चमा जानु पर्ने र स्वयं खर्चमा जान्छु भन्दा पनि आफ्नो र पराई मान्छे हेर्ने अवस्थाले गर्दा धेरै निर्णायकहरुमा नैराश्यता छाएको अबस्था छ, नियमित हुने ग्रेडिङ बाट उठ्ने पैसामा आँखा लगाउने साथै भएका प्रशिक्षक हरुलाई एक गरी लैजान नसक्ने अवस्थामा उसु महासंघ रहेको छ, यस्ता खालका क्रियाकलाप ले गर्दा खेलाडी र प्रशिक्षक हरु बीच मनमुटाव र पक्ष विपक्षको गोटी हुनु बाहेक अरु देखिँदैन समग्रमा यसको मार खेलाडी लाई नै पर्दछ किनकि खेलाडी आफ्नै लगानीमा आफ्नै हड्डी खियाएर आफ्नै पौरखमा देशको प्रतिनिधित्व गर्दै छन् यो दुर्दशा चलिरहेको अवस्थामा खेलाडी वास्तवमा नै बबुरा हुन!

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -