टोकियो/जापान। मंगलबार राती ८ः१५ बजे मियागी प्रिफेक्चरको सेन्दाई नजिकको कुरिहारा सहर नजिकैको राजमार्गमा रोकि राखेकोबसलाई ट्रकले ठक्कर दिँदा २ नेपाली विद्यार्थी नवराज तामाङ र युवाराज थापाको दुखद निघन भएको जापान प्रहरीले जानकारी दिएकोछ ।
जापानको सेन्दाई शहर स्थित सेन्दाई जापानिज भाषा विद्यालयमा अध्यनरत नेपाल भुम्लु गाउपालिका काभ्रे घर भएका करिब २२बर्षका नवराज तामाङ र ओखलढुङा घर भई सेन्दाई स्थित खादान जिदोउस्या गाक्कोमा अध्ययनरत करिब २७ बर्षका युवराज थापाकोघटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको एनआरएन सेन्दाईका बिनोद महतारा क्षेत्रीले जानकारी दिएका छन ।
मंगलबार साँझ सधैझै नेपाली तथा बंगाली विद्यार्थीहरुलाई तरकारी कम्पनीमा रातिको कामका लागि लैजाने क्रममा गाडी भित्र धुवा रगन्धा आएपछि सडक किनारमा अन्य विद्यार्थीलाई राखिएको अवस्थामा जापानी नागरिक बस चालकलाई सहयोग गर्न गएका तामाङ रथापालाई ट्रकले ठक्कर दिदा मृत्यु हुन पुगेको थियो।
नेपाली दूतबास टोकियोका उपनियोग प्रमुख अम्बिका जोशीले घटनाको पुष्टी गर्दै सबै पक्षसग सम्पर्कमा रहेको र दूतबासले आवस्यकसहयोग गर्ने बताएका छन् । जापान प्रहरीले तामाङ र थापाको शवलाई पोष्टमार्टम पछि परिवारलाई जिम्मा दिने जानकारी दिएसगैउनिहरु अध्ययनरत स्कूल र एनआरएन सेन्दाई सहितको संघ सस्थाका प्रतिनिधिहरुले परिवारको चाहना अनुसार सहयोग गरिनेबताएका छन।
दुर्घटनामा परेका अन्य नेपाली सहित बंगलादेसका विद्यार्थीहरु लाई सोघपुछ र मेडिकल चेक पछि आआफ्नो निवासमा पठाईएकोबताईएको छ।






































