- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

फेवा पर्यटन विकास समितिको अध्यक्षमा अर्जुन, सचिवमा थापा निर्वाचित

March 25, 2023
125
Shares
फेवा पर्यटन विकास समिति
- ADVERTISEMENT -

पोखरा । फेवा पर्यटन विकास समिति पोखराको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन आज पोखरामा भएको छ । पोखरा महानगरपालिका वडा नं १८ को तल्लो भुभाग भित्र छरिएर रहेका होटल, रेस्टुरेन्ट, क्याफे तथा गेस्ट हाउस लगायतलाई समेटेर २०७५ सालमा संस्था स्थापना भएको हो । संस्थाको कार्यक्षेत्र गौराको चैतरा देखि पामे सम्म पोखरा १८ को तल्लो भुभाग सिमान रहेको छ ।

सामूहिक हित अभिवृद्धि गरी सदस्यहरुको हक अधिकारलाई व्यवस्थित र सुनिश्चित गर्नुका साथै पोखरामा आन्तरिक र वाह्य पर्यटनको प्रवद्धनलाई टेवा पुर्याउने उद्देश्य संस्थाले लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

संस्थाको चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनको वडाअध्यक्ष शिवप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

उद्घाटनका अवसरमा प्रमुख अतिथी तथा वडाध्यक्ष तिमिल्सनाले फेवातालको संरक्षण गर्न व्यवसायीहरुसँग वडा सधै हातेमालो गर्ने बताए । उनले वडाले निकट भविष्यमा र्नै वडाको पर्यटकिय क्षेत्र भित्र पाष्ट्रिकका बोतलहरु बेच्न छिूट्टै निषेध लगाउने तयारी वडाको रहेको जानकारी दिए । उनले वर्तमान समयमा फेवाताल कसरी जोगाउने भन्दा पनि कसरी दोहन गर्न सकिन्छ भन्ने धेरैको धर्य रहेको देखिएको बताए ।

- ADVERTISEMENT -

Advertisement

उनले पर्यटन प्रवद्र्धन नभएसम्म होटल र रेस्टुरेन्ट व्यवसाय फस्टाउन नसक्ने बताए । व्यवसायलाई जोगाउँदै पर्यटन प्रवद्र्धन गर्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ छ । डिजिटल होडिङ्ग बोर्ड बनाउन लाग्ने आवश्यक बजेट वडाले विनियोजन गर्ने बताए ।

विषेश अतिथी तथा पोखरा पर्यटन परिषदका सचिव हरी भुर्जेलले पर्यटन प्रवद्र्धनको लागि विभिन्न प्याकेज बनाएर पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । होटल र रेस्टुरेन्ट व्यवसायको लक्ष्य नै ग्राहकहरुलाई न्यायो आतिथ्यता र गुणस्तरीय सेवा दिनु नै भएको उनको भनाइ छ ।

माछा महोत्सवको परिकल्पना गरेर सुरुवात गर्नु पर्ने भुर्जेलको जोड छ ।

स्थानीय सरकार र व्यवसायीकरु सहकार्य गरेर फेवा पर्यटन समितिको प्रचारात्मक कार्यमा लाग्नु पर्ने बताए ।

संस्थापक संरक्षक तथा सल्लाहाकार पूर्व वषध्यक्ष रणबहादुर थापाले वडाका विभिन्न क्षेत्रमा पैदलमार्ग अतिक्रमण भइरहेको र स्थानीय सरकार र स्थानीयको पहलमा पूर्न सुचारु गर्नु पर्ने बताए । मासिक कम्तीमा एक पटक व्यवसायीहरुले सरसफाई कार्यक्रम गर्नु पर्ने थापाको जोड छ ।

फेवा पर्यटन समितिका अध्यक्ष रामकुमार राईको अध्यक्षतमा कार्यक्रम भएको थियो । अध्यक्ष राईले संस्थाको सांगठनिक प्रतिवदेन प्रस्तुत गर्दै वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए । समितिको विषेश पहलमा खपौदीमा डुङ्गाघाट निर्माण गरी सञ्चालन आएको छ । संस्थाको अधिवेशनले अर्जुन सुवेदीको नेतृत्वमा १३ चयन गरेको छ । संस्थामा १ सय सदस्य रहेका छन् । संस्थाको अधिवेशनले अर्जुन सुवेदीको नेतृत्वमा १३ चयन गरेको छ । संस्थामा १ सय सदस्य रहेका छन् । डुङ्गाघाट सञ्चालनमा ल्याएको, सडक बत्ती जडान गरेको, ध्वनी प्रदुष्ण कम गर्न आवश्यक अध्ययन गरेको बताए । वडा सदस्य कल्पना ढकाल, स्थानीय महेन्दगोपाल थापा, पशुपत्ती थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको अधिवेशनले अध्यक्षमा अर्जुन सुवेदी, उपाध्यक्षमा निरन्जन खत्री, सचिवमा शिव थापा, कोषाध्यक्षमा गोपीलाल तिमिल्सीना तथा ९ जना सदस्य गरी १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । संस्थामा हाल १ सय सदस्य रहेका छन् ।

स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन सुवेदीले राखेका थिए ।

सञ्चालन सचिव कृष्णबहादुर थापाले गरेका थिए । गण्डकन्यूजबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com