Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:३६ बिहान
- ADVERTISEMENT -

जलेर घाइते भएका सांसद भण्डारीलाई भारत लैजाने तयारी

प्रकाशित मिति: २०७९ फागुन ४, बिहीबार

242
Shares

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका गुल्मी क्षेत्र नं. १ का कांग्रेस सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी भइरहेको छ । उनलाई मुम्बईस्थित नेस्नल बर्न अस्पताल लैजाने तयारी भइरहेको छ । 

उनको शरिरको २५ देखि ३० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि  मुम्बई लैजान लागिएको हो । कीर्तिपुर बर्न अस्पतालले थप उपचार गर्न मुम्बई लैजान सिफारिस गरिसकेको छ ।  भण्डारीका स्वकीय सचिव माधव न्यौपानेले उनलाई थप उपचारका लागि मुम्बईस्थित बर्न अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए। 

उनले भने, ‘उहाँको २५ देखि  ३० प्रतिशत भाग जलेको छ । अवस्था जटिल छ । यहाँको अस्पतालमा उपचार गर्न नसकिने भयो । अस्पतालले पनि थप उपचार गर्न  मुम्बई लैजान रिफर गरेको छ । उहाँलाई मुम्बई लैजाने तयारी भइरहेको छ ।’

घाइते भण्डारीले भने थप उपचारका लागि मुम्बई जान मानिरहेका छैनन् । पारिवारिक सल्लाहपछि जसरी पनि मुम्बई लैजाने निर्णय भएपछि उनलाई जबरजस्ति भएपनि लैजाने तयारी भएको स्वकीय सचिव न्यौपानेले बताए ।  सँगै घाइते भएकी उनकी आमाको अवस्था पनि गम्भिर छ । आमाको शरिर ७५ प्रतिशत जलेको छ । आमालाई थप उपचार गर्न अस्पतालले सिफारिस गरेको छैन ।

स्वकीय सचिव न्यौपानेले भने, ‘उहाँको आमा अवस्था जटिल छ । शरिरको ७५ प्रतिशत भाग जलेको छ । उहाँलाई भने अस्पतालले अन्य ठाउँ लैजाने सिफारिस गरेको छैन ।’

बुद्धनगरस्थित भण्डारीको निवासमा बुधवार राती ग्यास सिलिण्डरबाट आगलागी भएको थियो । घटनामा परेर भण्डरीसहित उनकी ८६ वर्षीया आमा गम्भिर घाइते भएका थिए । घटना लगत्तै आमाछोरालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालले जारी गरेकाे विज्ञप्ती

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -