गोरखा ,विश्वभर छरिएर रहेका प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा  समाजको नयाँ नेतृत्वमा एनआरएनए हङकङका अध्यक्ष गोर्कण ढकाल निर्विरोध निर्वाचित भएका छन ।भने उपाध्यक्षमा अमेरिका निवासी गोरखा भिमसेन थापा -२ का गणेश लामिछाने निर्वाचित भएका हुन् ।लामिछानेको अमेरिकामा ग्यॉंस स्टेसन रहेको छ भने ,नेपाली सामानहरुको थोक ब्यापार गर्दे आएका छन् ।

त्यसैगरी समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), आकाश बन्जरा (हङकङ), श्रीकृष्ण भट्टराई(कतार) बम गुरुङ (बेलायत), कमला लम्साल काप्री (जापान ) निर्वाचित भएका छन् ।

गोरखा स्थित मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निवर्तमान उपाध्यक्ष गोकर्ण प्रसाद ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन । 

यस अघि अधिवेशन पश्चात मनोनित भएर आएका निवर्तमान सचिव विराट खनाल (जापान) लाई महासचिवको जिम्मेवारी प्रदान गरीएको छ। खनाल निर्विरोध महासचिव पदमा निर्वाचित भएका छन् ।

यस्तै समाजको सचिवमा कतारबाट रामजी खत्री, मलेसियाबाट प्रेम पाण्डे र बेल्जियमबाट मदन दवाडी चयन भएका छन ।समाजका कोषाध्यक्षमा बेलायतका  ज्ञानेन्द्र आले मगरले जिम्मेवारी पाएका छन भने सहकोषाध्यक्षमा जर्मनीका डा. सरोज अर्याल चयन भएका छन ।

समाजको युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ। अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख संरक्षक रहने गरी ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा 

हरिहर अर्याल (फ्रान्स),जय प्रकाश गुरुङ (बेलायत) र विनय अधिकारी (बेलायत) रहेका छन । कार्यसमितिका सदस्य र बाकी रहेका पदाधिकारी भने कार्यसमिति बैठकले चयन गर्ने सहमति भएको छ ।

अधिवेशनको उद्धघाटन समारोह नेकपा माओवादी केन्द्रका वरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ,राष्ट्रिय सभा सदस्य कमला पन्त लगाएत ऊपस्थित नेताहरुले गरेका थिए।

ग्लोबल गोरखा समाज २०१६ मा स्थापना भएको प्रवासी गोरखालीहरुको साझा संस्था हो यसले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुक बाट प्रतिनिधित्व गराऊदै माऊ सॅस्थाको रुपमा काम गर्दै आएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्