अष्ट्रेलिया /लामो समयदेखि विवादित अष्ट्रेलियाको जनसम्पर्क समितिले निकास पाएको छ। 

नेपाली कांग्रेसका उप-सभापति धनराज गुरूङ, वरिष्ठ नेता चन्द्र भण्डारी, सह महामन्त्री बद्री पाण्डे, प्रदेश सभापति उद्धब थापाकोटोलीले लगातार दुई दिनको वार्ता र संवादपछि विवादित दुबै पक्षलाई राखेर सुरेश गुरूङको अध्यक्षतामा विवादित पक्ष समेत समेटेरएउटै कार्यसमिति बनाएसँग विवाद टुंगिएको हो।

‘प्रवासमा विचारले जोडिएका आस्थावान साथीबीच आपसी कलह आफैंमा राम्रो विषय होइन, त्यसमाथि पनि पार्टीको उप सभापति रसह-महामन्त्री उपस्थित भएपछि यसलाई नमिलाई जाने कुरा भएन’, गुरूङले भने।

यसअघिनै अस्ट्रेलियामा पार्टीले आधिकारिक रूपमा शुरेस गुरूङ अध्यक्ष रहेको जनसम्पर्क समिति गठन गरे पनि अर्को पक्षले सबै राज्यसमेटर समानान्तर रूपमा सोम गुरुङ अध्यक्ष रहेको जनसम्पर्क समिति बनाएको थियो। 

तीन दिनको वार्ता र छलफल पछि विवादका सबै कुरा टुंगिएको उपसभापति गुरूङले भने।

नेता गुरूङले पदले कद नबढ्ने भन्दै निरन्तरको लगावले पद आफैं आउने सुझाव दिए।

‘पदले मान्छेको कद खासै बढ्दैन, बरू त्यागले सम्मान बढ्छ। त्यसैले पद र प्रतिष्ठाको लडाईँमा त्याग सबैभन्दा महत्वपूर्ण कुरा हो’, उपसभापति गुरूङले भने, ‘लाग्दै गएपछि पद आफैं आउने कुरा हुन्।’

उनले झिना मसिना कुरामा नलागेर पार्टीको नीति र सिद्धान्तमा अडिग हुन सुझाए।

‘विचारले बाँधिएका साथीका लागि पार्टी र सिद्धान्त ठूलो भएकोले झिना मसिना कुरामा नलाग्न र टेबलमा बसेर दुबै पक्षलाई निकासखोज्न आग्रह छ’, गुरूङले सेतोपाटीसँग भने, ‘समाधान पनि निस्कियो र एकाकार हुने कुरामा सबै सहमत हुनुभयो।’

सुरेश गुरूङलाई सभापति मान्दै सोम गुरूङले पार्टी र पार्टीका शीर्ष नेताले दिएको निर्देशन पालना गरेको बताए।

‘पार्टीका उपसभापतिले भनेपछि मैले पनि ब्यक्ति भन्दा पार्टी ठूलो ठानि एकताको सन्देश पुर्‍याउन शुरेस भाइलाई अध्यक्ष मान्ने कुरामासहमति जनाएँ’, गुरूङले भने।

उनले विदेशमा सबै डेमोक्रयाटलाई समेटेर एउटै छाता मुनी राख्ने र सबैले अपनत्व हुने विषयमा आफू बाधक नबन्ने बताए।

यता अध्यक्ष शुरेस गुरूङले यो सबैको जित भएको बताए। ‘यो मेरो र सोम दाइको विषय होइन, हामी सबै कांग्रेसी समूह एकाकार हुनेसवाल महत्वपूर्ण हो,’ उनले भने। 

उनले आफू अध्यक्ष हुँदै गर्दा सबैलाई समेटेर अनि सबैको साझा अध्यक्ष हुनुपर्दछ भन्ने मान्यता राखेको स्मरण गर्दै यो विवाद सदाकोलागि अन्त्य भएको जिकिर गरे।

यो सँगै अब शुरेस गुरूङको अध्यक्षतामा बनेको जन सम्पर्क समितिले सदस्यता खुला गर्ने, राज्य समितिको हकमा न्यु साउथवेल्स राज्यसमिति संयोजकमा सितल खाँड गिरि र भिक्टोरीयाको संयोजकमा बिनितराज शर्मा रहने निर्णय गरेको छ। 

यस्तै अन्य राज्य समितिमा अध्यक्ष र नयाँ पदाधिकारीले टुंगो लगाउने सहमति भएको छ । यस्तै कार्यसमितीको उपाध्यक्षमा राजेश केसीर मनिषा अर्याल रहेकोमा अरू दुई जना गणेश पौडेल र इथान शाक्यलाई थप गरिएको छ। 

यस्तै महामन्त्रीमा रोहित खड्का र समित केसी रहेकोमा क्वीन्सल्यान्ड राज्यबाट अच्यूत अधिकारीलाई महामन्त्रीमा थप गरिएको छ। 

यस्तै सह महामन्त्रीमा हाल दुई जना रहेकोमा दुई जना थप गरी चार जना बनाइएको छ। जसमा डार्बिनबाट सबिन बराल र एडिलेडवाटरविन्द्र गौतम छन्। सदस्यको निर्णय पछि गर्ने सहमति भएको छ। 

महत्वपूर्ण नेताको उपस्थिति र आग्रहपछि आफूहरूले कुनै आग्रह पुर्वाग्रह नराखी सबैलाई समेटने प्रयास गरेको जनसम्पर्क संरक्षक कृष्णगिरीले जानकारी दिए। यो निर्णयले अस्ट्रेलियामा अब सदाका लागि जनसम्पर्कको विवाद अन्त्य भएको गिरीले विश्वास लिए। 

वार्ता टोलीमा दुबै जनसम्पर्क समितिका तर्फबाट अध्यक्ष शुरेस गुरूङ , सोम गुरूङ, देबेन्द्र बस्नेत, संरक्षक कृष्ण गीरी, महामन्त्री रोहितखड्का, गणेश पौडेल , सीतल खाडँ गिरी थिए।

यस्तै सहजकर्ताका रूपमा नेतागणका साथ गणेश केसी, विवेक थापा, प्रेम सापकोटा, निरज श्रेष्ठ , सुरेन्द्र सापकोटा, डिल्ली ढकाल, कन्चन पोखरेल, दिनेश जोशी लगायत थिए।

भिक्टोरियाबाट वार्तामा सहभागि हुन आएका जनसम्पर्कका नेता देबेन्द्र बस्नेतले आफूहरू एकताको पक्षमा सधै रहेको भन्दै विधि बिधानअनि विचारमा पक्षमा रहेको बताए।

‘सबै विवाद अन्त्य भएको छ। अब सबैका लागि डेमोक्रयाटको छाता संगठनको रूपमा जनसम्पर्कले काम गर्नुपर्दछ भन्ने हाम्रो मान्यताहो’, बस्नेतले भने। 

जन सम्पर्क समिति अस्ट्रेलियाका संस्थापक दिनेश जोशीले मेलमिलाप पछि अष्ट्रेलियाका सबै डेमोक्रयाट एउटै छातामूनी आउनु सुखदशन्देश रहेको बताए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्