राजेन्द्र जमरकट्टेल  ,जापान

परिचय र परिदृष्य

नेपाली जनसम्पर्क समिती जापानको स्थापना सन २००० मा टोकियो मा भई ,आफ्नो २२ बर्षको जिबनकाल को बिभिन कालखण्डमापटक पटक हस्तक्षेप गरि ,बिधी र बिधान बाट बाहिर जान खोज्दा देखिएका दम्भ ,गैरराजनितिक पन ,घमन्ड हरु ले हार मान्दै गल्ति रकमजोरी को समिक्षा गर्दै पुन नबिकरण र नया आयम सगै  जिवन्त बोकी राजनितिक ,सामाजिक पहिचान लाई मजबुत गर्दै बनेकोसगठन हो । 

फेरी केही काला बादल मडारिएको छ ,पक्कै आम जनचेतना र स्वार्थ रहित एकात्मक हुरी ले यो पनि बडारिने छ ।

आम शुभचिन्तक ,क्रियाशिल सदस्य ले जागरुपता को दियो ले सगठनमा लागेको ढुसी लाई निस्तेज पार्ने छ ।मानिस को रगत खाने जुगापनि रगत ले भरिएर ढाडिए पछि आफ्नै झर्ने छ । भलै केही समय टोकाई पिडा सहन गर्नु पर्ला ।

आम क्रियाशिल सदस्य र शुभचिन्तक लाई जनसम्पर्क समिती जापानको अहिलेको नेतृत्वको बारे लगभग तेही सोच सहित परिदृश्यबनेको आभाष लागेको छ ।

 यो सगठन निर्माण मा धेरै अग्रज र साथी हरुले आफ्ना ,परिश्रम ,ज्ञान ,सोच ,लगन र पसिना सगै  ,सहयोग भाब जुटाएर ब्यबसाय,परिवारको समय लुटाएर निर्माण भएको यो सगठन अहिले अनिर्णय बन्दी भईरहेको छ।यहा भित्र मौलाउदै गरेका म बाद   र साघुरिएकोसोच सगठनमा लागेको धमिरा जस्तै भएको छ ।

 कर्तब्य र जिम्मेबारी

समाजको दुख ,बिपतमा आशा को दियो बालेर आत्माबिश्वास भरेको हिजो बिगत सगै कर्मभुमिको हरेक पिडा मा होस ,जन्मभुमि कोआफ्नो प्यारो माटो को  आपत ,प्राकृर्तिक बिपत्ति मा होस ,नेपाली काग्रेस पार्टी को भौतिक संमरचना को बिकास मा होस हृदय खोलेरसहकार्य हात र मन बढाएको हाम्रो पहिचान गर्भ गर्न लायक छ र थियो ।

बैदेशिक रोजगारी ,ब्यबसाय र उच्च शिक्षा हासिल सगै  राजनितिक चेतना लाई सिर्जनशिल बनाउदै नेपालको राजनिती लाई खबदारीसगै प्रजातन्त्रका नैतिकता ,आचरण र अबसर सगै समाजको लोकतान्त्रिककरण बाट बिकास सम्भब हुन्छ भन्ने मुल मन्त्र लाई स्थापितगर्दै धेरै अग्रज साथी हरुले नेतृत्व दिईसक्नु भएको हाम्रो लोकप्रिय सगठन जनसम्पर्क समिती जापान ।

आज किन ओझेल  परेको अनुभब हुदै छ आम जनमानसमा बुझाई मा !! कति प्रश्न हरु अहिलेका नेतृत्व सगै हामी तिर सोझिएका छन ? उत्तर दिने कसले र कहिले ? किन भुमिगत र छापामार शैलीमा कति जेन्ल रमाउने ,कार्यकर्ता मन जित्न छोडेर आर्शिवाद बाद कहिले सम्मस्थापति भई रहने ?  असफलताको पगेरी गुथेर बस्नु भन्दा सबै ले सामुहिक राजिनामा गरि बाटो खोलिदिनु सर्वोत्तम समाधान होला साथैसगठनको हितमा पनि हुनेछ ।

सस्थापक र अग्रजको योगदान :-

यो सगठनको जन्मकाल देखी आज सम्मको यात्रा तय गर्दै गर्दा सस्थापक सभापति बिश्वनाथ शर्मा  ,मनुराज श्रेष्ठ ,नारायण थापा ,जे पीपन्डित देखी ,नेतृत्वको अग्रपथ बागडोर समाल्नु हुने साथी हरु कति अझै पनि क्रियाशिल भई सस्थाका हरेक गतिबिधी प्रत्यक्ष सहयोगसगै भुमिका कै वरिपरी हुनुहुन्छ !!

कति नेपाल कै प्रत्यक्ष राजनितीमा प्रतिस्पर्धा गरि सफलता बोक्दै पहिचान बनाउदै हुनुहुन्छ,कृष्ण सुबेदी  पासाड्ग शेर्पा ,चिरन्जिबी थापा,अरबिन श्रेष्ठ हाम्रा निम्ती सम्भावना का उदारहण हुन ।

केही  साथी ले कर्म भुमि मै कर्म गर्दागर्दै आफु बिसर्जन बाध्य हुनुभयो ।केही साथी जन्मभुमि पुगेर स्वर्गबास रोज्नु भयो ,ति अमर साथीहरुको देन जनसम्पर्क समितीले कहिलै भुल्नु हुदैन ,लिपिबद्ध गरि आजका नया साथी हरुले पनि उनी हरुको योगदान सम्झने र पहिचानदिने गरि भोलिको सगठन निर्माण मा जुटनु पर्ने बेला भएको छ। स्वर्गिय रामबहदुर पौडेल ,स्वर्गिय भिष्म राज पौडेल ,स्वर्गिय इन्द्रकटुवालस्वर्गिय डिलाराम सापकोटा ,स्वर्गिय बेद पौडेल जस्ता साथी हरुको योगदानलाई अमरतत्व रुपमा पहिचान दिई यस सगठन मा उहाहरुले पुराएको  योगदान जिवनकाल पछि पनि युगान्त सम्म कदर गरिरहनु पर्ने हाम्रो दायित्व हो।

चेतनाको धरातल  र राजनिती :-

 तर हामी चेस का गोटी जस्तै ,अर्को इसरा मात्र चल्छौ ,बिबेक लाई धरौटी राखी निर्णयमा चुक्छौ ।

फोन रिड्ग टोन सग आत्मसमपर्ण गरिदिन्छौ ।बैचारिक धरातल निर्माण नगरि उभिए पछि हामी आफै आत्मबल मा उभिन सक्दैनौ ।प्रबिधीयुक्त यन्त्र जस्तै भएर रिमोट ले आफ्नो बिचार लाई कैद गरि शुन्य भाब मा पुराएको अनुभब हुदा पनि ,मनमा बिद्रोह हुनसक्दैन रमौहनता रोजिदिन्छौ ।

तेही हाम्रो असफलता को केन्द्रबिन्दु हो ।

हामी ले निर्माण गरेको धरातल मा आफै लाई निर्धक्क उभिन लाज मानिरहेका छौ ,

लजबन्ते झार जस्तै नेताका अगाडी समर्पण रोजिदिन्छौ र पुरष्कृत हुन खोज्छौ , 

केही हामी उत्तरधिकारी र बर्चश्वबाद को बाहक बन्ने प्रयन्त गर्छौ ।केही हामी सगठन आफ्नै वरिपरि घुमाएर नायकत्व खौज्छौ ।

केही हामी सगठन मुख मा बुझो  लगाएर सहकार्य को मित्रभाब  देखाएर भित्र भित्र कुण्डा लुकाएर चलखेल खोज्छौ ।प्रतिस्पर्धी धेरै बनाए,हावा भरिदिएर एन आर एन भित्र छोडीदिन्छौ ,अनि जनसम्पर्क को उपस्थिती खोज्छौ तित्तो बिडम्बना सबैलाई आश्वासन अगल अगलबाड्छौ , हारको खुशीमा शान्तवनाका राग हरु बिछोड पछिको प्रेम झै रागछौ ,सबै आफ्नै वरिपरि घुमेको देख्दा म बादको उन्माद ले पटकपकट सगठनलाई डामिरहेछ ।

चरित्र र जनसम्पर्क को उपयोग :-

सर्वासत्ता बाद र खडेरी परेको बौध्दिकता बोकेर ,राजनितीका कुरुप स्वार्थहरु ले सगठनमा धावा बोल्ने प्रयत्नहरु भईरहे ,आज पनि तेस्तैचित्रण हुदै छन ।

फुकोका क्षेत्रको घटनाक्रम को बिश्लेषण गर्दा एउटै स्वार्थ प्रेरित देखिन्छ ,विवेद को बिउ रोपी ,केही ब्यक्ति शक्तिशाली बन्ने मनोबिज्ञानबोकेर 

घमन्डता को पहिचान सगै उपयोगबाद लाई सफलता सम्झी जनसम्पर्क समिती जापान माथी धाबा बोल्दै गर्दा कार्यकर्ता हरु नेतृत्व देखेरउल्टो लज्जित हुनुपरेको छ ।

 बिगतमा पटक पटक लज्जित हुदा तेही कार्यकर्ता ,शुभचिन्तक र समाज ले छोपी दिएको लाज लाई बोकेर अझै गुमनाम कति बस्ने हामी? 

म बाद बाट हामी बाद को बाटो कहिले कोर्ने ? जब सम्म पिजडा बाट देखिएको संसार मात्रै संसार हुदैन ,निर्भिक भएर उठने प्रयास गर्नुपर्छ ,सह अस्तित्व को अनुभब खुल्ला आकसमा गर्दा संसार जितेको अनुभब हुन्छ ,पिजडाको चरी नबनौ , खुला आकास र प्रकृति सगसगै रमाउने बाटो रोजौ ।

प्रश्नै प्रश्न खडा भएका छन हाम्रा सामु ।

    चौराहा मा बसेर वा मन्चमा बसेर हामी ले हाम्रो कर्तब्य कति निर्वाह गरियो समिक्षा गरि कहिले भन्न सक्ने ?   

अन्य सघ सस्था जस्तै जापान भरि मर्दा र पर्दा को उपस्थिती हिजो जस्तै कहिले बनाउन सक्ने ? अबको बिकल्प को खोजी गरिएन भनेसमय हामी भन्दा धेरै अगाडी पुगिसकेको हुनेछ ।

समय मै आत्माआलोचना ,गलत प्रक्रिया समिक्षा र सुधार र बिधी र बिधान सम्मत चल्ने प्रयास भएन भने कार्यकालको अबधि 

लम्मिदैमा ,नेतृत्वको निद्राको आयु लम्मिदैन , आफैले आफै लाई सफलताको सुचाड्क सधै फेल गरिरहनेछ ।

 बिचार गरौ !! प्रण गरौ !! नेतृत्व आजिवन  हुदैन !! बिबेक पुराउ !! सम्मानित बनौ !! नेतृत्व को कुशलता नै नेतृत्व हस्तान्तरण हो हामीसबैको दायित्व पनि हो !!

अब पनि हामी शिथिल भएर कति बस्ने ? कसैले निर्देशन गरिदिन्छ अनि उसैकै चाल र गति चलौला भनि बस्ने की ? हामी आफै भित्रउत्साह जगाउने की ?समस्या हाम्रै हो समाधान पनि हामी नै हौ ।सम्बाद ,छफफल ,बहस बाट निचोड निस्किन्छ, मैथन गरि निस्केकोकमजोरी पनि आत्मासाथ गर्नु नेतृवको सफलता हुन्छ कुनै बेला । हाम्रो कार्यकाल मा सगठन लाई कति न्याय गरेयौ ,कति परिचालितगरेयौ ,नेतृत्व को दायित्व कति निभायौ तेसको समिक्षा जनअदालत मा आम कार्यकर्ता लाई कहिले गर्न दिने यस्ता अनेकौ प्रश्न हरु लेहामी दिनहु  जिस्काईरहेको छ , हामी १४ महाधिबेसन मा भाग लिने जाने प्रक्रिया होस वा क्रियाशिल सदस्य को सड्कलन र प्रकाशन माहोस वा क्षेत्रिय अधिबेसनको तयारी मा होस अनेकौ कमजोरी भए होलान ,

  बिगत लाई शिक्षा लिदै कमजोरी बाट समाधानको बिकल्प खोज्नु हामी सबैको नेतृत्वको परिक्षा पनि हो ।

 “मुल सफा नभए सम्म धाराका पानी सफा हुदैन “ नेपाली काग्रेस सानेपा को जनसम्पर्क समिती हरुको सग को अपेक्षा ,उपयोग निती,जिम्मेवारी सगै प्रष्ठ ठोस प्रणाली ,एकरुपता बिभेदरहित ,बिधानसम्मत  निर्वाचन र नेतृत्व चयन सगै हस्तक्षेप रहित सगठन निर्माण हुन्छतब मात्र यो सगठन ले निदिष्ठ गन्तब्य बोक्छ र सफल पनि हुन्छ ।आज सम्म यसका नेतृत्व गरेका ब्यक्तित्वहरु पार्टी को पॅुजी भन्दा नेतागोजीका सिक्का जस्ता भएको देखिएको छ ।नेता हरु पनि खुद्रा पसलमा यि सिक्का हरुलाई खुलमखुल्ला सटही गरिरहेका छन ,जबजब चुनाब र महाधिबेसन आउछ ति सिक्काहरुको शेयर बजार मा आफ्नो भाउ आफै मुल्य तिरेर बढाउन खल्तीका सिक्का हरु पनि ।

                                   राजेन्द्र जमरकट्टेल

                                        जापान

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्