टोकियो:नेपाली जनसम्पर्क समिति जापानको बहुमत पदाधिकारीले द्धितिय सभापती केसी लाई पदमुक्त गराऊदै प्रथम सभापती कंडेललाई क्रियाशिल हुन गर्यो अनुरोध गरीएको छ ।

नेपाली जनसम्पर्क समिति जापान पुन छैटौ अधिवेशन बाट आएका दोस्रा सभापती लाल बहादुर केसी (रोशन) र ऊनका स्वार्थ समुहलेसंगठन भित्र चरम गुटबन्दी गरेर विभिन्न बहानाहरु पदभार ग्रहण गरेको ५ बर्ष बितिसक्दा पनि अधिवेशन गर्ने वातावरण बनाऊनुको सट्टाचरम गुटबन्दीमा लिप्त भईॅ केन्द्रिय कार्यसमितिको निर्णय र निर्देशनमा अधिवेशन सम्पन्न भई सकेका क्षेत्रमा समेत गुट भेला र समानान्तरगतिविधि गर्ने काममा संलग्न भएको भन्दै बहुमत पदाधिकारीहरुले केसी लाई पदमुक्त गर्दै छैटौ अधिवेशनका प्रथम सभापती डण्डपाणीकँडेल (डिपी) लाई सभापतीको रुपमा क्रियाशिल हुन अनुरोध सहित जुन १३ मा एक विज्ञप्ती सार्वजनिक गरेको प्राप्त हुन आएको छ। 

विज्ञप्तीमा २०२२ मेई २२ तारिख अधिवेशन सम्पन्न भएको नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रमा नक्कली बिबादसृजना गराई अकस्मात अधिवेशन स्थगित गर्न दबाब दिने,क्षेत्रिय समिति संग असम्बन्धित व्यक्तिलाई कार्यसमिति निर्णय बिना पत्राचारगर्ने लगाएतका कुकृत्य सहित २०२२ जुन १२ तारिखका दिन कथित अधिवेशनको नाममा गरिएको गुटभेला र समानान्तर समिति बनाऊनेकामको बहुमत पदाधिकारीहरुले घोर  निम्दा र भत्सना गर्नु भएको छ। पटक पटक संगठन विधि,विधान,मर्म र भावना अनुसार गलतकृयाकलापमा संलग्न भई रहेका केसी अब नैतिक रुपमा सभापती रहि रहने कुनै अधिकार नभएको र यसबाट आगामी अधिवेशन सम्मकालागी आईपर्ने नेतृत्व विहिनताको स्थिति बाट संस्थालाई जोगाऊनका लागी र स्वतन्त्र एंव पारदर्शी रुपमा अधिवेशन सम्पन्न गर्नका निम्तिनेपाली जनसम्पर्क समिति जापानको छैठौँ कार्यकालका प्रथम सभापती कंडेल लाई पुन सभापतीकै रुपमा क्रियाशिल भईदिन अनुरोधगर्दै तत्काल केन्द्रिय समितिको बैठक आह्वावान गर्न समेत विज्ञप्ती मार्फत अनुरोध गरेको छ। 

हेर्नुहोस् विज्ञप्ती जस्ताको त्यस्तै ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्