पोर्चुगल । दुई महिनादेखि पोर्चुगलमा बेपत्ता नेपाली युवकको शव समुद्रमा भेटिएको छ ।

पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटिएको हो ।

उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेको भए पनि शवको पहिचान भने बिहीबार मात्रैखुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्