अमेरिका, २२ चैत्र २०७८ । बानाको अध्यक्ष पदमा सुबोध पन्त विलास बिजयी भएका छन् ।
अमेरिकाको बाल्टिमोरमा स्थापित प्रतिष्ठित गैर मुनाफामुलक सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना) मा गत अप्रिल ३ मा सम्पन्न निर्वाचनमा २०२२–२०२५ को लागि पन्त समूहबाट उम्मेदवारी दिएकाहरु मध्ये अधिकांश उम्मेदवार विजयी भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा हिरा गुरुङको पक्षबाट लक्ष्मी भारती बाहेक लगभग सबै पन्तका समूहका उम्मेदारहरु बिजयी भएका छन् ।
पन्तका तर्फबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार अनिल गोदार उप बिजेता भएका छन् । सुबोध पन्त दोश्रो कार्यकालकालका लागि पुन बिजयी भएका हुन् ।
निकै प्रतिस्प्रर्धा रहेको निर्वाचनमा हिरा लाल गुरुङ पनि सशक्त उम्मेदवार रहेका थिए भने उनी पन्त अध्यक्ष हुँदा उनी वरिष्ठ उपाध्यक्ष पदमा रहेका थिए ।
२०२२–२०२५ को लागि निर्वाचन हुने पदाधिकारीहरुमा क्रमस अध्यक्ष पदमा सुबोध विलास पन्त ,वरिष्ठ उपाध्यक्ष पदमा लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे र कोषाध्यक्षमा पार्वती सिंह ऋचा बिजयी भएका छन् ।
यसैगरी कार्यकारी समितिको सदस्यहरुमा क्रमश ःबसन्त बस्नेत ,भुपेन्द्र गुरुङ ,इशा गुरुङ, खिम बहादुर मश्रांगी, सन्तोष घिमिरे, सरु बिश्वकर्मा, श्याम कृष्ण कोइराला ,र यमुना घिमिरे विजयी भएका छन् ।
उपाध्यक्ष पदमा भिम केसी तथा सचिव पदमा हिरा खत्री पहिले नै निर्बिरोध बिजयी भै सकेका छन् ।