टोकियो, सोमबार, २१ चैत्र २०७८ । नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियो स्थित सिन्जुकु सिटिमा नवलपरासी मध्यबिन्दु नगरपालिका १४ घर भएका २७ बर्षिय लक्ष्मी केसीको मूत्यू भएको छ ।
दिदि भिनाजुसगै सिन्जुकु सिटि स्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सनमा बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामा भेटिएको थियो ।
बिद्यार्थी भिषामा जापान प्रवेश गरेका केसीले बिद्यार्थी जिवन सकी कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेका थिए । नयाँ जिवन शुरुवात गर्ने योजना बनाएका २७ बर्षिय लक्ष्मीले के कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भईन यसको भरपर्दा उत्तर पाउन नसकिएको उनका नजिकका आफन्तले बताएका छन ।
केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानमा रहेको केसीका आफन्तले दिएको जानकारी अनुसारबुधबार सम्म पोष्टमार्टम रिपोर्ट आउने र मृत्यूको कारण पत्ता लाग्ने जानकारी दिएका छन ।
- ADVERTISEMENT -
केसीको मूत्यूको खबर पछि परिवार शोकमा
आफनै कोठामा मृत अवस्थामा भेटिएकी केसीको मृत्यूको खबरले नवलपरासीमा रहेका घर परिवार आशुमा डुबेको केसीका दिदिले बताईन ॥ सगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा आफै पनि सम्हालिन नसकेको अवस्था रहेका दिदिले पनि के कति कारणले मृत्यूभएको हो त्यसको बारेमा परिवारले सोधेपनि आफूसग त्यसको कुनै जवाफ नभएको रुदै बताईन ।
नेपाल रहेका बाबा आमाले लक्ष्मीको अन्येष्टी नेपालमा गर्ने ईच्छा देखाएको छन ।
जापानमा रहेका केसीका आफन्तले बाबा आमाको चाहान र सम्भावनाका बारेमा जापानमा रहेका संघ सस्थासग सल्लाह गरी अगाडीबढ्ने दिदि भिनाजुले जानकारी दिएका छन ।