Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:३४ बिहान
- ADVERTISEMENT -

पत्रकार महासंघ बेलायतद्वारा राजदूत आचार्यलाई स्वागत

प्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

530
Shares

लण्डन, सोमबार, २३ फागुन २०७८ । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लण्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसंग अन्तरक्रिया समेत गरेको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसंगको सहकार्यलाई दूतावासले उच्च महत्वसहित अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । पत्रकारहरुसंग सहयोग आदाप्रदान गर्न दूतावास सधैं तयार रहने जनाउँदै उनले त्यसका लागि निरन्तर छलफल र समन्वय गर्दै जाने बताउनु भयो ।

आफ्नो कार्यकालमा नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा पु्रयाउने दिशामा पहल गर्ने राजदूत आचार्यको प्रतिवद्धता छ । भूपू गोर्खाहरुको मुद्धालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै उहाँले यो समस्याको स्थायी समाधान खोजिने बताउनु भयो ।

दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालले बेलायतस्थित नेपाली पत्रकारहरु र पत्रकार महासंघबाट दूतावासलाई निरन्तर सहयोग मिल्दै आएको उल्लेख गर्दै प्रशंसा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावास र शाखाबीच रहँदै आएको सहकार्य राजदूत आचार्यको कार्यकालमा थप सुदृढ बन्ने आशा व्यक्त गर्नु भयो । बेलायतस्थित नेपाली पत्रकार र मिडियाको स्तर उन्नति गर्ने महासंघको पहलमा पनि दूतावासको सहयोगी भूमिका अपेक्षा गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले बेलायतमा नयाँ राजदूतको रुपमा एक अनुभवी कुटनितिज्ञको आगमन भएसंगै यहाँका नेपालीहरुमा धेरै आशा र अपेक्षाहरु पलाएको बताउनु भयो । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका उहाँले बेलायतमा नेपाली पत्रकारिताको पृष्ठभूमि र सुरुआती दिनहरुबारे पनि सुनाउनु भयो ।

शाखाका पूर्व अध्यक्ष चिरन शर्माले बेलायतस्थित पत्रकारहरु दूतावसको सहयोगका लागि सधै तयार रहेको भन्दै पत्रकारहरुलाई आवश्यक सूचनालाई थप सहज बनाइदिन दूतावासलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका दोस्रो चरणमा पत्रकारहरुले राखेका जिज्ञासामा राजदूत आचार्यले जवाफ दिनु भएको थियो ।

सोही अवसरमा दूतावासका सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार, सेकेण्ड सेक्रेटरी रामबाबु नेपाल, सहचारीद्धय पुजन पाण्डे र गजेन्द्र राई, नेपाल पत्रकार महासंघ बेलायत शाखाकी केन्द्रीय प्रतिनिधि विमला सेने, सल्लाहकार फडिन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष शिव भण्डारी, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कार्यसमिति सदस्यहरु गोमा राना र बाचस्पति रेग्मीसहित करुण अर्याल, एभरेष्ट गौतम, फातिमा बानु, प्रकाश कंडेललगायतका पत्रकार एवम् सञ्चारकर्मीहरुको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गर्नु भएको थियो ।

सोहि अवसरमा बेलायत भ्रमणमा आएका पत्रकार गिरिजा अधिकारीलाई पनि शाखाका तर्फबाट स्वागत गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -