जापान, आइतबार, २३ माघ २०७८ । नेपाली काग्रेसको विदेश स्थित शुभेच्छुक संगठन नेपाली जनसम्पर्क समिति जापानको बिबाद थप ऊत्कर्षमा पुगेको संकेत आभास गर्न सकिने गरी आज मिति २०२२-२-६ तारिखका दिन लामो समय देखि संगठन विधि र विधान संम्वत ढंगले चलाईनु पर्ने विषयवस्तु लाई विभिन्न समयमा रचनात्मक ढंगका कार्यक्रमहरु मार्फत आम जापानबासी काग्रेसी माझ आवाज ऊठाऊदै आएको पक्षले छैटौ अधिवेशनका सभापती द्वय लाल बहादुर केसी(रोशन) र दण्डपाणी कँडेल (डिपी) लाई सम्बोधन गर्दै बोधार्थमा नेका पार्टी सभापती लगाएत पदाधिकारीहरु लाई ध्यानाकर्षण गराएको व्यहोरा सहितको पत्र सार्वजनिक गरेको विषय प्राप्त हुन आएको छ।
ध्यानाकर्षण पत्रमा छैटौ अधिवेशनको समयमा भएका बिबाद देखि त्यस पश्चात नेका पार्टीका वरिष्ठ नेता देखि केन्द्रिय सदस्यहरु सम्मले विभिन्न समयमा बिबाद समाधानका लागी गरेका प्रयासहरु लाई समेत स्मरण गराईएको प्राप्त हुन आएको छ।
देशमा बढ्दो बेरोजगारी र आफ्ना सुनौलो भविष्य देखेर प्रवासी भएका नेपाली काग्रेसका शुभचिन्तकहरु लाई जोड्दै ऊनिहरुको भाईचारा र साथीत्व लाई स्थापित गर्दै प्रवासमा रहेका आम नेपालीहरु लाई समेत नेकामा जोड्दै ऊनिहरुले विदेशमा सिकेको ज्ञान,सिप,क्षमता र पुँजी लाई मातृपार्टी मार्फत स्वदेशको समृद्धीमा जोड्ने ऊदेश्यका साथ स्थापना भएको नेपाली जनसम्पर्क समितिमा विभिन्न समयमा पदमा रहेर पदिय मर्यादाको दुरुपयोग गरेकाहरुले संगठनको सामान्य विधि,विधानलाई आत्मासाथ गर्दै काम नगरी दिदाँ यसरी संगठनलाई सुधारको बाटोमा लान संघर्षका रचनात्मक अभियानहरु सन्चालन गर्न बाध्य हुन परेको समेत ध्यानाकर्षण पत्रमा ऊल्लेख गरिएको छ।
विधानत दुई बर्षिय कार्यकाल रहने नेजसस जापानको बिबाद समाधान गर्न छैटौ अधिवेशनका दुई सभापतीका प्रत्यासी दण्डपाणी कँडेल (डिपी) र लाल बहादुर केसी (रोशन) लाई १/१ बर्ष सभापती पदमा रहेर कार्य सम्पादन गर्ने र गराऊने भन्दै सहमतीको लागी ६९/७० जनाको जम्बो केन्द्रिय कार्यसमिति नेका का केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा २०१७ जनवरी २१ तारिखका दिन टोकियोमा “विशेष भेला र घोषणा सभा” गर्दै शुरुवात भएको छैटौ अधिवेशनको कार्यसमितिले २०२२ जनवरी सम्म आई पुग्दा समेत संगठनको अधिवेशन गर्न नसकेको तथ्य समेत पत्रमा खुलाईएको छ।
विभिन्न शक्ती केन्द्रहरुको आड र संरक्षणमा संगठनको विधि र विधान कुल्चदै नेपाली काग्रेसको १४ औ महाधिवेशनको लागी महाधिवेशन प्रतिनिधि छनोट गर्दा समेत आम जापानबासी क्रियाशिल सदस्यहरुको नामावली समेत सार्वजनिक नगरी समयावधी सकिएकै भएपनि कार्यसमितिमा समेत छलफल नगरी २४ घण्टा अगाडि ७ औ अधिवेशनको सुचना सार्वजनिक गरेर कोभिड-१९ को कारण देखाऊदै नेका का अग्रज नेताहरु लाई समेत भ्रममा पारी प्रविधीको चरम दुरुपयोग गर्दै क्रियाशिल सदस्यको फारम भरेकाहरुलाई दस्तुर समेत तिर्नबाट बन्चित गराएर केहि स्वार्थ समुह प्रतिनिधित्व र पैसावालहरु लाई महाधिवेशन प्रतिनिधिको रुपमा पठाएको र सो विषयलाई पटक-पटक पार्टी केन्द्र र ऊच्च तहका नेताहरुमा औपचारिक रुपमा जानकारी गराएपनि पार्टी केन्द्र र केन्द्रिय नेताहरुले महाधिवेशनको समयमा ध्यान नपुर्याई दिएको प्रति पत्र मार्फत दुख व्यक्त गरिएको छ।
आफुहरुले नेपाली जनसम्पर्क समिति जापान भएका गलत,गतिविधी लाई तत्काल सच्याऊन औपचारिक/अनौपचारिक आग्रह गरेपनि हाल सम्म सभापती दाबी गर्दै आएका केसी ले कुनै पनि औपचारिक संवाद,छलफल र निकाशमा केन्द्रित रहेर अगाडि नबढेकाले आफुहरु थप संघर्षका कार्यक्रमहरु लिगेर जापानबासी काग्रेसीहरु माझ जान बाध्य पारिएको र आफुहरु सहमती,सहकार्य र एकता सहितको नेपाली जनसम्पर्क समितीको पक्षमा भएकोले तत्काल आफ्ना ९ बुँदे मागहरुमा केन्द्रित रहेर काम गर्न र गराऊन पत्र मार्फत अनुरोध गरिएको छ।
यी हुन नेपाली जनसम्पर्क समिति जापान लाई विधि र विधान सम्वत हिडाँऊन चाहने पक्षहरुका माग।
१) ने ज स स जापानको सिफारिसमा पार्टबाट स्विकृत भएर आएको भनियका २००७ जना क्रियाशील सदस्यको नामावली पार्टीको अधिवेशन भएको करिब २ महिना बिति सक्दा पनि सार्वजनिक गरिएको छैन। यसैलाई तत्काल सार्वजनिक गरियोस ।
२) सबै क्षेत्रिय समितिमा तत् तत् क्षेत्रबाट सिफारिस भएका वा नभएका रित पुगेका वा नपुगेका आवेदनहरूको विधि पद्धति र प्रक्रिया अनुसार शिफारिस नभएका वा रित नपुगेका सिफारिसहरुबाट बनेका क्रियाशील सदस्यहरूलाई स्विकार गर्न नसकिने भएकोले त्यस्ता क्रियाशील सदस्यता लाई बदर गरियोस।
३) रितपूर्वक सिफारिस गरिएका आवेदनलाई नियतबस वा पूर्वाग्रहबस छुटाईएको देखिएमा उनिहरूलाई क्रियाशिल सदस्यको रूपमा तत्काल सिफारिस गर्ने र महाधिवेशनमा क्रियशिल सदस्यहरू सरह मतदान तथा उमेदवार हुने अवसर प्रदान गरियोस।
४) हालको नेजसस जापानको केन्द्रीय समितिको अबधी धेरै पहिले सिध्दिएको र काम गर्न नसक्ने अवस्थामा रहेकोले क्षेत्रीय अधिवेशन तथा महाधिवेशनको कार्यक्रम भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तत्काल एउटा सर्वपक्षिय सहभागितामा एक महाधिवेशन तयारी समिति गठन गरियोस।
५) नेजससको संगठनलाई व्यापक पार्न यस महाधिवेशनको अवसर पारेर व्यापक रूपमा नेजससको सदस्यता अनलाईनवाट वितरण गरियोस र उनिहरूलाई पनि महाधिवेशनमा सहभागी गराईयोस।
६) नेजसस जापानमा क्रियाशील सदस्य शुल्क, महाधिवेशन प्रतिनिधि छनौटमा उठेको शुल्क साथै सबै आर्थिक कारोवारलाई पारदर्शी वनाईयोस।अथवा नेजसस जापानको आर्थिक कारोबारको निष्प़क्ष छानबिन गरियोस।
७) विधि पद्धति विपरित आर्थिक कारोबार बाट बेनका महाधिवेशनका १४ जना प्रतिनिधि हरूले नैतिकताको आधारमा प्रतिनिधिबाट राजिनामा दिई आगामी
ने.ज.स.स जापानको महाधिवेशनबाट विधवत प्रतिनिधि बन्ने व्यवस्था गरियोस।जसले गर्दा महाधिवेशन प्रतिनिधिहरूको नैतिक स्तर र गरिमाको प्रत्याभुती हुन्छ भने संगठनले मार्ग सुधार गरेको ठहरिनेछ।
८) विधि पद्धति विपरित जबरजस्ति अत्यन्तै नियन्त्रित र अनैतिक माध्यमबाट महाधिवेशन प्रतिनिधि छनौट गरि संगठन र हज्जारौ स्वाभिमानि नेपाली कांग्रेसका नेता कार्यकर्ताको शिर झुकेको र अपमान भएकोले यस्तो गलत कार्यगर्ने नेजसस जापानको केन्द्रिय समिति(कार्यावधि सकिएको अवस्था)तथा १४ जना महाधिवेशन प्रतिनिधिको पद अनैतिक र अमर्यादित बाटो बाट प्राप्त गर्नु भएका महानुभावहरूले जापानबासी नेपाली काँग्रेसका आम स्वाभिमानी कार्यकर्ताहरू समक्ष लिखित रूपमा सामुहिक वा व्यक्तिगत रूपमा गल्ती गरेकोमा क्षमायाचनाको वक्तव्य दिन आह्वान गर्दछौं।यस कार्यले आउदा दिनहरूमा हामी बिचको एकता र संगठनलाई विधि पद्धतिमा संचालन गर्न ठूलो योगदान हुनेछ।
९) बारम्बार नेजसस जापानका वर्तमान विकृति विसंगतिलाई सच्याई संगठनलाई विधि पद्धति अनुसार संचालन गर्नका लागी विधिवत कार्यावधि सकिएको भएपनि अर्को कुनै प्रबन्ध नभएको अवस्थामा पुराना कमिटिका सभापति रोशन के सी संग वार्ता र छलफलको मर्यादित प्रयास गर्दा पनि विभिन्न बहानामा पन्छाई रहेकाले माथि उल्लेख गरिएका सबैकुराहरुको स्थापना र कार्यान्वयनका लागी पार्टीका नेतृत्व पंतिसमक्ष पुग्न बाध्य भएका छौं। नेजसस जापानलाई विधि पद्धतिमा आधारित संगठन बनाउन आम जापानवासी नेपाली कांग्रेसका स्वाभिमानी कार्यकर्तालाई परिचालन गरि व्यापक रूपमा सामाजिक संजालको सदुपयोग गर्दै यस अभियानलाई सफल पार्न हामी कटिबद्ध छौ।








































