- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जनसम्पर्क समिती जापान कान्साई क्षेत्रले गर्यो स्वागत सम्मान कार्यक्रम

January 13, 2022
951
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जापान, बिहिबार, २९ पौष २०७८ । नेपाली कांग्रेसको १४ औ महाधिबेसनमा बाग्लुङ जिल्लाबाट जिल्ला कार्यसमिति सदस्य पदमा निर्वाचित यदुराम सापकोटार १४ औ महाधिबेसनमा जापानको तर्फबाट महाधिबेसन प्रतिनिधी तुलसिराम खरेललाई जनसम्पर्क समिती जापान कान्साई क्षेत्रिय समितीले एक कार्यक्रम आयोजना गरेर बधाई त था सम्मान ब्यक्त गरेको छ ।

लामो समय जापानलाई कर्मभुमी बनाएका यदुराम सापकोटा बिगतमा जापानमा पार्टीको भातृसंस्था जनसम्पर्क समितीमा आबध्द हुनुहुदै १४ औ महाधिबेसनमा आफ्नो राजनितीक करियरलाई आफ्नै क्षेत्रबाट अगाडी बढाउने अठोट लिनुभएको थियो।१४ औ महाधिबेसन मा केन्द्रीय महाधिबेसन प्रतिनिधी पदमा खुल्ला तर्फबाट प्रतिष्प्रधा गरेका सापकोटा झिनो मतान्तरले निर्वाचित हुन सक्नुभएको थिएन र उहाँ जिल्ला सदस्यमा प्रतिस्पर्धा गर्दै सबै भन्दा बढी मत लिएर निर्वाचित हुनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सापकोटाले आफुले परदेशमा रहेर पनि दिनरात पार्टीको संगठन भनेर लड्ने हरुलाई जिल्ला सँग, जोड्दै पार्टी लाई बलियो बनाउन आफु जिल्लामै पुगेर राजनितीक करियर अगाडी बढाउन खोजेको बताउनु भएको थियो,म पात्र हुँ तर परदेशमा रहेका ३५ वटा देशका जनसम्पर्क समितीहरुको प्रतिनिधीत्व गर्ने गर्ने छु,परदेशमा रहेर पनि पार्टीलाई माया गर्नेहरुको प्रतिनिधीत्व गर्ने छु,परदेशमा रहेका हरुलाई पनि पार्टी सँग जोड्न सकेमा पार्टी बलियो हुन्छ भन्ने बिश्वास दिलाउने गरी आगामी दिनमा काम गर्ने छु भन्दै उहाँले अब पार्टीको महाधिबेसन सकिएको र आगामी तिनतहको निर्वाचन अरु पार्टीहरसँग लडेर ३ तहमै कांग्रेसलाई बहुमत सहित बिजयी गराउन बिदेशमा रहेका कांग्रेस हरुको पनि सहयोग आवाश्यक पर्ने उहाँले बताउनु भयो ।

बिदेशबाट संभव भएसम्म आफै आफ्नो आफ्नो क्षेत्रमा पुगेर मतदान गर्न र संभव नभएपनि त्यहा रहेका आफ्ना ईस्टमित्र साथीभाईहरुलाई रुखमा भोट दिन आह्वान गर्नु पर्ने उहाँले बताउनु भएको थियो ।

कार्यक्रममा कान्साई क्षेत्रबाट महाधिबेसन प्रतिनिधी चुनिनुभएका तुलसिराम खरेलले प्रमुख अतिथीको भुमिका निभाउनु भएको थियो भने क्षेत्रिय सभापती रिसीराम सापकोटाको सभापतीत्व मा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली जनसम्पर्क समिती जापान का सल्लाकार आत्मराम गैरे, सहमहामन्त्री हरी प्रसाद कडेल, एनआरएनका कोषाध्यक्ष कृष्ण गैरे, एनआरएनए कान्साई संयोजक दिलीप शर्मा गैरे, एनआरएनए कान्साईका पुर्व संयोजक नरेन्द्र बस्नेत, जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा, नेपाली कांग्रेस बाग्लुङका पुर्व जिल्ला सदस्य लक्ष्मण न्यउपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

अधिकांश सहभागीहरुले राजनिती गर्नेहरुले परदेशमा मात्रै लड्नु भन्दा पनि यदुराम सापकोटाले जस्तै आफ्नो करियर लाई आफ्नै क्षेत्र जिल्लाबाट अगाडी बढाउने साहस गर्नु पर्ने बताउनु भएको थियो।कार्यक्रममा समितीका उपसभापती बेद प्रसाद कडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने समितीकी सचिब भावना गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।सोही कार्यक्रममा समितीका उपसभापती बेदप्रसाद कडेलले लामो समय जापान बसाईको क्रममा जापानको स्थायी भिजा प्राप्त गर्नुभएकोमा उहाँलाई पनि समितीले बधाई सहित सम्मान गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com