Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:१८ बिहान
- ADVERTISEMENT -

लण्डनमा कोरोना खोप अभियानमा सेना

प्रकाशित मिति: २०७८ पुस २४, शनिबार

698
Shares

लण्डन, शनिबार, २४ पौष २०७८ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणबाट बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा सृजित स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न सेना परिचालन गरिएको छ । शुरुमा लण्डनका अस्पतालहरुमा सेनाका स्वास्थ्यकर्मी तथा अन्य सैनिकहरुले तीन साताका लागि जिम्मेवारी लिने छन् ।

बेलायतको रक्षा मन्त्रालयका अनुसार लण्डनमा ४० सैनिक स्वास्थ्यकर्मी र १६० सैनिकहरु परिचालन गरिएको छ । मन्त्रालयले यसबाट लण्डनमा देखिएको स्वास्थ्यकर्मी र कर्मचारी अभावमा सहयोग पुग्ने विश्वास लिएको छ ।

इङल्याण्डमा ओमिक्रोनको संक्रमणका कारण कर्मचारी र स्वास्थ्यकर्मीहरु अस्वस्थ बनेपछि अस्पतालहरुमा बिरामीको उपचारमा गम्भीर स‌ंकट देखिएको छ । इङल्याण्डका १७ वटा अस्पतालले विहीबार यस्तो संकट ब्यहोरिरहेको बताएका छन् ।

कोरोना महामारीका बेला यसअघि पनि बेलायतका लण्डनलगायत विभिन्न भागमा सेना परिचालन गरिएको थियो ।

रक्षा मन्त्री बेन वालेसले सेनाको ४० वटा पाँच जनाको टीम रहने र आवश्यकताअनुसार विभिन्न स्थानमा खटिने जानकारी दिएका छन् । हरेक टीममा एक जना स्वास्थ्यकर्मी रहने छन् भने बाँकी सैनिकहरु । सैनिक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्नेछन् भने बाँकी सैनिकहरुले बिरामीको आगमन र दर्तामा सहयोग गर्ने, सामानहरुको स्टक मिलाउने लगायतका काम गर्नेछन् ।

बेलायतभर अहिले करिब १ हजार ८०० सेना एनएचएसलाई सहयोग गर्न खटिएको मन्त्रालयले जनाएको छ । जसमा ४०० भन्दा बढी पारामेडिक्स छन् भने कोरोना खोप अभियानमा १ हजार भन्दा बढी सेना खटिएका छन् ।

बेलायती सेनाको यस कार्यको बेलायतका जनता र स्वास्थ्यकर्मीले प्रसंशा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -