जापान, २१ पौष २०७८ । निलुवा समाज चमुवा जापानको चौथो अधिबेशनबाट अध्यक्षमा मोहनराज सुवेदी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान” भन्ने मूल नाराका साथ अधि बढदै गरेको निलुवा समाज जापानकाे थम ब क्षेत्रीको अध्यक्षमा भएको चौथो अधिबेशनबाट सर्बसहमति रूपमा मोहनराज सुबेदी निर्वाचित हुनु भएको छ ।
सन् २०१५ मा गठन गरी निरन्तर समाजसेवा प्रती समर्पित यस संस्था निलूवा समाज जापानको भाेजिन्द्र सुबेदीक़ो अध्यक्षतामा गठन भएकाे यस संस्थाको बिशिस्ट उपाध्यक्ष रामु केसी निर्वाचित हुनु भएको निर्वाचन समिती सदस्य बिष्णु सुबेदेले जानाकारी दिनुभयो ।
यस संस्थामा विशेषगरी बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका- ४ चमुवाबाट जापानमा पुगेर विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न हुनु भएकाहरुकाे साझा संस्थाको रहेको छ ।
छोटो समयमा नै जापानवासी नेपालीबीच निकै नै लोकप्रिय संस्थाको रुपमा पिरचित हुदै आएको संस्थाको उपाध्यक्षमा जि आर सुबेदी, सचिवमा भुमिराज सुवेदी, सह–सचिवमा विष्णुप्रसाद सुवेदी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, संस्थाको आर्थिक पारदर्शीरुपमा अगाडी बढाउनका कोषाध्यक्षमा कृष्ण प्रसाद सुवेदी, सह–कोषाध्यक्षमा भुमिराज सुबेदी (विष्णु) निर्वाचित हुनु भएको सदस्य तुलसी राम सुवेदीले जानकारी दिनुभयो।
प्रवक्तामा दिपक सुवेदी बिप्लब निर्वाचित हुनु भयो । युवा पिढ़ीलाई हातेमालो गर्दै अगाडी बड्नलाई युवा संयोजक भोजराज सुवेदी रहनु भएको छ ।
साथै, सदस्यहरुमा शिवलाल सुवेदी, अन्जान सुवेदी, भिमलाल सुवेदी, अनिता सुवेदी, सन्जु खत्री, पुरुषोत्तम सुवेदी चयन हुनु भएको छ ।
प्रमुख अतिथि निलुवा समाज जापानका संस्थापक अध्यक्ष भोजिन्द सुवेदीले नवनिर्वाचित सम्पुर्णलाई बधाई तथा शुभकामना दिनु हुँदै सस्थाले आगामी दिनमा सामाजिक कार्यमा अझ सशक्त रुपमा लाग्न आग्रह गर्नुभयो ।
संस्थाका सचिब जि आर सुबेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम समापन संस्थाका अध्यक्ष थम बा क्षेत्री गर्नु भएको थियो ।





































