- ADVERTISEMENT -

एनएआरएनएका महासचिवकाे आग्रह- निर्वाचनको वातावरण तयार हाेस्

December 6, 2021
235
Shares
- ADVERTISEMENT -

लण्डन, सोमबार, २० मङ्सिर २०७८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्नु भएको छ ।

उच्च अदालत पाटनले आइतबार गैर आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेशलाई निरन्तरता दिने फैसलापछि शर्माले कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आह्वान गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

शर्माले अदालतको आदेशले पूर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको बताउनु भयो । अदालतको आदेशलाई कसैको जित र हारको रुपमा नलिइ संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नु पर्ने उनले प्रतिक्रिया दिनुभयो ।

उहाँले अहिलेसम्म भएका घटनाबाट पाठ सिक्दै आत्मसमीक्षा गरिने बताउनु भयो ।

शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, महाधिवेशन प्रतिनिधि, उम्मेदवार, संरक्षक, सल्लाहकार, संस्थापकलाई एकता कायम गर्न आआफ्नो ठाउँबाट भूमिका खेल्न अनुरोध समेत गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -