तनहुँ, कार्तिक १ गते । तनहुँको सदरमुकाम दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने कार्य अघि बढेको छ ।
नेपालकै नमुना पशुपंक्षीको अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भएकाले अघि बढेको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी वजेट विनियोजन गरेकोले काम अघि बढेकाे हाे ।

जिल्लाका कृषकको माग अनुसार अत्याधुनिक प्रयोगशालासहितको अस्पताल प्रस्ताव गरिएको स्विकृत भई बजेट निकासी भएकोले कार्यालय परिशरमा अस्पताल निर्माण गर्ने कार्य अघि बढाएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र भएकोले नयाँ प्रकृतिका रोग देखिएमा पत्ता लगाउन धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यता रहेकाले अस्पतालको प्रस्ताव गरिएको थियो ।

पशुपंक्षीको जटिल खालको रोगको उपचार, रोगहरुको बारेमा अनुसन्धान केन्द्रको रुपमा विकास गर्न मेडेलको रुपमा अस्पताल बनाउने कार्य अघि बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्