Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३७:४७ बिहान
- ADVERTISEMENT -

एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लन्डनमा

प्रकाशित मिति: २०७८ भदौ २४, बिहीबार

616
Shares

लन्डन, बिहिबार, २४ भाद्र २०७८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।
१७ देखि १९ सेप्टेम्बरसम्म बेलायतको राजधानी लन्डनमा हुने सम्मेलनमा २५ देशका तीन सयभन्दा बढी नेपाली चिकित्सहरुको सहभागिता रहने छ ।

सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनु भयो । उक्त सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार, रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ ।

संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, कोभिड-१९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटुरोग, बालबालिका तथा महिलाहरुको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरुले कार्यपत्र पेस गर्नेछन् । लन्डनस्थित नेपाली दूतावास भवनमा उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, डा. भगमान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अष्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसियन युके, नेपाली डाक्टर एसोसिएसन युके, गैरआवासीय नेपाली संघ युके, नर्सिङ नेपाली एसोसिएसन युकेलगायत एक दर्जन संघ-संस्था तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

तीन दिनसम्म चल्ले सम्मेलनको पहिलो दिन चिकित्सकहरुले भर्चुअल माध्यमबाट आ-आफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुनेछ ।

१९ सेप्टेम्बरमा लन्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

गैरआवासीय नेपाली संघको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -