बहराइन, २९ साउन २०७८ । नेपाली राजदूतावास, बहराइनको महामहिम राजदूत श्री पदम सुन्दाससंग गोरखा समाज बहराइनको औपचारिक भेटवार्ता सम्पन्न भएको छ ।
खाडी देश बहराइनमा रोजगारीको सिलसिलामा बसोबास गर्दै आउनु भएका सम्पुर्ण गोर्खावासीहरुलाई सम्मिलित हुने गरि मिति २०२० अक्टोबर ३० तारिक, शुक्रवारका दिन शुभ अवसर पारेर बहराइनको राजधानी मानामामा “गोरखा समाज बहराईन” को स्थापना भएको थियो ।
सो समयावधिमा विश्वमहामारी रोग कोरोनाको जटिल परिस्थितिले गर्दा सो कुराको जानकारी केवल विधुतिय संचार माध्यम ‘इमेल’ तथा अन्य सामाजिक मिडियाको मार्फत नेपाली राजदूतावास बहराईन लगायत बहराईनमा स्थापित सम्पुर्ण संघ- संस्थाहरुलाई जानकारी गराएको थियो ।
साथै, यस गोरखा समाज बहराइनको स्थापनाको शुभ उपलक्ष्यमा नेपाली राजदूतावास बहराइन परिवार र बहराइनमा स्थापित सम्पुर्ण संघ संस्थाहरु तथा अन्य बिशिष्ट ब्यक्तिहरुलाई औपचारिक रुपमा निमन्त्रणा गरि स्थापना कार्यक्रम गर्न असमर्थ भएको गोरखा समाज बहराइनले आत्मासाथ गरेको छ ।
जसले गर्दा हाम्रो स्थापना कार्यक्रमलाई औपचारिक रुपमा भव्य र सब्य बनाउन असफल भएको थियो । जसको दुखेसो हामी सम्पुर्ण गोर्खालीहरुका मनमा अझै जिवित नै छ ।
यस्तो कठिन परिस्थितिसंग जुझ्दै अगाडि बढ्ने क्रममा हालको परिस्थिति बिगतको भन्दा धेरै सुरक्षित महसुस भए संगै बहराइन सरकारबाट लागू भएको covid-19 सुरक्षा निति केही हदसम्म खुकुलो भएको हुनाले फेरि पनि कोबिड-19 संग सम्बन्धित सुरक्षाका महत्वपूर्ण सर्तहरु अनुसरण गर्दै खासगरी आपसी सामाजिक दुरी राखी हिजो मिति १२ अगस्ट २०२१ बिहीवार दिउँसो २ बजे गोरखा समाज बहराईनले नेपाली राजदूतावास बहराईनबाट औपचारिक रुपमा अनुमति प्राप्त भए अनुसार महामहिम श्री पदम सुनदाससंग गोरखा समाज बहराइनको औपचारिक भेटवार्ता सम्पन्न गरिएको छ ।
यस कार्यक्रममा नेपाली राजदूतावास बहराइनका राजजदूत महामहिम पदम सुन्दाससंग गोरखा समाज बहराइनका पदाधिकारीज्यूहरुमा अध्यक्ष श्री अन्जन बाबु श्रेष्ठ, महासचिव श्री पुरन घले र प्रमुख सल्लाहकार श्री पदम कुमार गुरुङले औपचारिक रुपमा भेटवार्ता गर्नु भएको छ ।
गोरखा समाज बहराइनसंग सम्बन्धित आवश्यक दस्तावेजहरुका प्रतिलिपि कपिहरु बुझाएको छ ।
साथै, महामहिमज्यू बाट समाजको प्रगति तथा कार्य सफलताका शुभकामना सहित गोरखा समाज बहराईन यस खाडी मुलुकमा स्थापना भएकोमा बधाई दिनु भयो ।
यसै क्रममा बहराईनमा रोजगारीको सिलसिलामा रहनु भएका सम्पुर्ण नेपालीहरुको हालको स्थिति र बिगतमा देखिएका समस्याहरुलाई निराकरण गर्ने बिधिहरु सम्बन्धित बिषयहरुमा छलफल भएको थियो यसैक्रममा अध्यक्ष श्री अन्जन बाबु श्रेष्ठले गोरखा समाज बहराइनले बहराइन अप्रवासी नेपालीहरुमाथी, आफ्नो गृह गोर्खा जिल्लाभित्र तथा देशै भरी अचानक भई परि आउने समस्याहरुलाई निराकरण गर्न बिगतमा पनि केही आर्थिक सहयोग गरिएको तथा आगामी दिनहरुमा पनि यस गोरखा समाज बहराईन, नेपाली राजदूतावास बहराइनको मातहतमा रहि बहराइन सरकार र नेपाल सरकारको कानुनलाई ससम्मान सहित निश्वार्थ भावनाले अविलम्ब आफ्नो क्षमताले भ्याए सम्म आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न तथा अन्य सेवाहरु प्रदान गर्न कुनै पनि हालतमा पछि नपर्ने प्रतिबद्दता जाहेर गर्नु भयो ।
महामहिम श्री पदम सुन्दास संगको भेट अत्यन्तै सौर्न्दपुर्ण र पारिवारिक वातावरणको रहेको गोरखा समाज बहराइनले जनाएको छ । उहाँले आफ्नो कार्यकालमा बहराइन अप्रवासी नेपालीहरुका हित र न्यायको निम्ति गर्नु भएको कार्यहरु अत्यन्तै उच्चस्तरको रहेको र सम्पुर्ण बहराइन अप्रवासी नेपालीहरुबाट प्रशन्सा भएको बारे हामीले उहाँलाई जानकारी गराउनु भएको थियो ।
कोरोनाको महामारीको अवधिमा पनि उहाँले आफ्नो ज्यानलाई जोखिममा हालेर हामी नेपालीहरुको निम्ति मानवीय सेवा, सहयोग तथा उच्च जोखिमपुर्ण कार्यहरुलाई पनि कानुनी दायराभित्र रहेर आफ्नो मानसिक र शारीरिक थकानलाई बेवास्ता गर्दै अहोरात्र खटि कठिन भन्दा कठिन परिस्थितिमा पनि समस्यामा परेका देशवासिहरुलाई बहराइनबाट स्वदेश पठाउन र नेपालबाट बहराइनको रोजगारदातासम्म पुर्याउन बिना ढिलाई सहज र सुलभको व्यवस्था गरी दिनु भयो ।
उक्त कार्य प्रति गोरखा समाज बहराइन तथा सम्पुर्ण नेपाली जगत अति नै आभारी रहेको छ ।
साथै, अत्यन्तै प्रफुल्लित भएका छन भन्ने कुराको पनि उहाँलाई जानकारी गराउन गोरखा समाज बहराइन सफल भएको छ।
भेटवार्ताको अन्तमा खाडी मुलुक बहराइनमा अवस्थित नेपाली राजदूतावास बहराइनको राजदूत जस्तो गरिमामय पदको कार्यकाल सकेर महामहिम श्री पदम सुन्दास चाँडै नै स्वदेश फर्किनु हुने भएकोले गोरखा समाज बहराइनले यसै भेटघाट कार्यक्रम मार्फत नै उहाँको बिदाइ कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।





































