जापान , २४ साउन २०७८ । छानबिनको दायरामा रहेको एनआरएनए जापान २०२१ को निर्वाचन समितिले गरायो सपथ ग्रहण गराइएको छ ।
गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको लागी जुलाई ३० मा अनलाईन प्रणालीबाट भएको निर्वाचन धाँदली भएको, कम्युटर सेटिङगबाट केहि उमेद्ववारहरु लाई विजयी गराईएको, हजारौ मतदातालाई मेल नपठाईएको, हजारौ मतदाताको मताधिकार चोरीएको, भारतको ऊडिसा राज्य लगाएत नेपालको काठमाडौ, पोखराबाट समेत मतदान भएको तथ्यहरु आएपछि अध्यक्ष मण्डलमा ऊजुरी परेर छानबिन समिति बनाई छानबिन कार्य तिव्र रहेको अवस्थामा निर्वाचन समिति आयुक्त नेत्र प्रकाश भण्डारीले आज ८ अगष्ट मा टोकियोको एऊटा सानो रेष्टुरेन्ट भित्र बिबादित, छानबिनको दायरामा रहेको निर्वाचनबाट विजयी भनिएका केहि उमेद्ववारहरुलाई बोलाएर सपथ ग्रहण गराएको जानकारी हुन आएको छ।
हिजो मात्र केन्द्रिय अध्यक्ष कुमार पन्तको निर्देशन अनुसार एसिया प्रशान्त क्षेत्रका संयोजक गोविन्द प्रसाद श्रेष्ठले तत्काल लाई सपथ ग्रहण नगराउन निर्देशन दिएको र गराउदा पनि असन्तुष्ट पक्षलाई सहमती गराएपछि र छानबिन समितिले छानबिन कार्य सकेपछि गर्न निर्देशन दिएको भएपनि सो निर्देशनको समेत अवज्ञा गर्दै बिबादित निर्वाचन गराउन सफल निर्वाचन आयुक्त भण्डारीले आज एक कार्यक्रमका बिच सपथ,ग्रहण गराएको जानकारी हुन आएको छ।
सपथ ग्रहण कार्यक्रममा आईसिसि प्रतिनिधि, एसिया प्रशान्त प्रतिनिधि, जापान स्थिति विभिन्न संघ संस्थाका प्रतिनिधि र एनआरएनए जापानका १२ वटै क्षेत्रिय समितिहरुलाई निमन्त्रणा गरेको भएपनि उपस्थित हुनेमा पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले अन्य केहि पत्रकार र केहि समाजका प्रतिनिधिहरु रहेको जानकारी हुन आएको छ।
छानबिनको दायरामा रहेको निर्वाचनबाट विजयी भनिएकालाई सपथ,ग्रहण गराएपनि यसले औपचारिकता पाँउने नपाउने भन्ने विषयमा भने अझै शंका उत्पन्न भएको छ ।
विजयी घोषणा गरिएका केहि उमेद्ववारहरु खुसीले अविर, खादा लगाएर विजय जुलुस गरेको भएपनि केहि उमेद्ववारहरुले भने जापानबासी आम मतदाताको भावनामा निर्वाचन प्रक्रियाले गर्दा ठेस पुगेको भएपनि आफुहरु बाध्य भएर ति मतदाताहरुको भावना अनुसार काम,गर्न र गराऊन सपथ,ग्रहण कार्यक्रममा उपस्थित हुन परेको समेत जानकारी हुन आएको छ।
निर्वाचन आयुक्त भण्डारीको एकलौटी ढंगबाट भएको सपथ ग्रहण कार्यले मतदान अधिकार गुमाएका मतदाताको भावनामा ठेस पुगेको भन्दै सामाजिक संजालबाट भण्डारीको चर्को आलोचना समेत हुदै आएको छ।





































