जापान, २४ साउन २०७८ । एनआरएनए जापान २०२१ का बिबादित निर्वाचन गराउन सफल हुनु भएका निर्वाचन आयुक्त नेत्र प्रसाद भण्डारीले छानबिन समितिलाई छानबिन कार्यमा सहयोग नगरेको आरोप खेप्दै आउनु भएको छ।
दुई सदस्यिय निर्वाचन आयुक्त भण्डारीले छानबिन समितिलाई सहयोग नगरेको, छानबिन कार्यलाई प्रभावित पार्ने अभिव्यक्तिहरु सार्वजनिक गरेको विषयमा असन्तुष्ट पक्षको संयोजकत्व गर्दै आउनु भएका अन्तराष्ट्रिय कानुनी विज्ञ, कानुन व्यवसायी डा. बलराम श्रेष्ठले सामाजिक संजाल फेसबुकमा यस्तो विषयबस्तु लेख्नु भएको छ ।
अध्यक्ष मण्डलको औचित्य छैन भनेर पत्र लेखेको छ |छानबिन समितीलाई डाटा दिन्न भनेर अझै छानबिन गर्न दीएको छैन| छानबिन समितिले हामीलाई डाटा देउ भनेर निर्वाचन समिति लाई पत्र लेख्दा लेख्दै पनि केहि दिन मानेको छैन |
आई सिसी आर सि ले अहिले सपथ खुवाउने होइन १३ तारिख सम्म छानबिन गरौ अनी गरौला भनेर निर्वाचन समिति लाई पत्र लेखेको छ|
अध्यक्ष कुमार पन्त, उपाध्यक्ष मन केसी, महासचिब हेम राज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, आरसी गोबिन्द श्रेष्ठ डीआर सी पारसमणि पोखरेल , केन्द्रिय निर्बाचन सदस्य भुषण घिमिरे,अध्यक्ष मण्डल संयोजक पारसमणि पोखरेल सदस्यहरु रोशन केसी, ओम गुरुङ, नारायण सुबेदी र शालिकराम भण्डारि जी र म लगायत बसेको जूम बैठकले १ हप्तापछि छानबिनको रिपोट आए पछि को कस लाई सपथ गर्नु पर्ने हो गरौला भन्ने सहमतिको निर्णय गरिएको छ |
यस्तो हुदाहुदै पनि नेत्र प्रकाश भण्डारी जी ले एकलकाटे रुपमा एन आर एन जापान लाई बिभाजन ल्याउन खोज्नु पक्कै पनि उहा बाट केहि गलत भएको छ भनेर अनुमान गर्न सकिन्छ |
आफ्नो गल्ति छ भने माफी माग्नुस हामी पनि मान्छे हो कुरा बुझेर केहि गरौला होइन भने तपाई बाट हुने गल्तीले हामी नेपाली नेपाली बीच को बिभाजन हुने हो जुन कुरा लाई सार्बजनिक आपराध भनिन्छ | अझै समय छ गलत काम नगर्नुस पढे लेखेको मान्छेले अलि शालीन भएर नरिसाईकन समाज मिलाउने हो, बिगार्ने तिर लाग्ने होइन | आखिर तपाईले गलत काम गरे पनि प्रबासी नेपालिहरुले मान्यवाला छैन | सकारात्मक बाटोमा आउनुस | तपाइको चित्त दुखाई के हो, केहि छ भने भन्नुस ! भन्दै निर्वाचन आयुक्त भण्डारीले ठुलो गल्ती गरेको हुनु पर्ने धारणा राख्नु भएको छ।
निर्वाचन आयुक्त भण्डारी अहिले त्रसित भएर सपथ,ग्रहण गराएर भाग्न खोजेको समेत आरोप सामाजिक संजाल प्रयोगकर्ताहरुले लगाऊदै आएका छन् ।





































