जापान, आइतबार, २४ साउन २०७८ । अन्तराष्ट्रिय कानुनी विज्ञ, कानुन व्यवसायी डा. बलराम श्रेष्ठले एनआरएनए जापान भित्र भई रहेका गलत प्रवृतीको मतियार बन्न खोज्ने र पटक-पटक संस्था माथी बलत्कार गर्न खोज्नेहरुले ठुलो मुल्य चुकाउनु पर्ने र गलत प्रवृतीलाई प्रसय दिनेहरु विरुद्ध समेत शसक्त आवाज उठाउनुका साथै कानुनी बाटो बाट यसको निराकरण खोजिने चेतावनी आफ्नो सामाजिक संजाल फेसबुकबाट दिनु भएको छ ।

लामो समयदेखि जापानमा रहेर अन्तराष्ट्रिय कानुनी विज्ञ, कानुन व्यवसायीको रुपमा काम गर्दै आऊनु भएका डा. श्रेष्ठले भाषाकै कारणले विभिन्न किसिमका समस्या झेल्दै आएका जापानबासी नेपालीहरुका समस्याहरुमा समेत सहयोग गर्दै आउनु भएको पाईन्छ।
लामो समय देखि एनआरएनए अभियानमा संक्रिय श्रेष्ठले एनआरएनएको विधान ड्याफ्ट समितिमा रहेर काम गर्नुका साथै विभिन्न समिति, उपसमितिहरुमा काम गर्दै आउनु भएको पाईन्छ ।
श्रेष्ठले हालै मात्र पनि एनआरएनए जापानको २०१५ देखि हाल सम्मको आर्थिक अनियमितता,अपारदर्शीताको विषयमा बनेको छानबिन समितिमा बसेर ९१ पृष्ठको प्रतिवेदन पत्रकार सम्मेलन मार्फत आईसिसिका प्रतिनिधि र एसिया प्रशान्त क्षेत्रका प्रतिनिधिलाई बुझाउनु भएको जानकारी हुन आएको छ।
एनआरएनए जापान भित्र हाबी हुदै गएका गलत प्रवृती र गलत पात्रहरु लाई आफुहरुले लामो समय करिब ६ महिना लगाएर अध्ययन सहितको प्रतिवेदन बुझाएपनि आईसिसिले दोषीहरुलाई कार्बाही नगरेको गुनासो समेत डा.श्रेष्ठले विभिन्न अन्तर्वार्ताहरुमा राख्दै आउनु भएको पाईन्छ।
बिबादै बिबादका बाबजुद यहि जुलाई ३० तारिख एनआरएनए जापानको अनलाईन प्रणाली बाट भएको निर्वाचनमा पनि निर्वाचनमा व्यापक धाँदली भएको, कम्युटर सेटिङगबाट निर्वाचन गराईएको, भारतको ऊडिसा राज्य लगाएत काठमाडौ, पोखराबाट समेत मतदान भएको तथ्यहरु देखिए पश्चात श्रेष्ठकै संयोजकत्वमा ३० जना ऊमेद्ववारहरुले अध्यक्ष मण्डलमा निर्वाचनमा धाँदली भएको तथ्य,प्रमाण सहित ऊजुरी हालेको समेत जानकारी हुन आएको छ ।
अध्यक्ष मण्डलमा उजुरी परेपश्चात अध्यक्ष मण्डलको रोबहरमा निर्वाचन छानबिन समिति बनाएर छानबिन कार्य तिव्र भई रहेको समयमा निर्वाचन समितिले छानबिन कार्यलाई प्रभावित पार्ने गरी आईसिसि / एनसिसि विधानमा नै ऊल्लेख नभएको विषय सपथ, ग्रहण गर्ने कार्य निर्वाचन समितिले अगाडि बढाएको प्रति समेत श्रेष्ठ ले दुख व्यक्त गर्नु भएको छ।
निर्वाचन समितिले पटक-पटक अध्यक्ष मण्डल र छानबिन समितिको वैधता माथी प्रश्न गर्दै एकल निर्णयले सपथ, ग्रहण कार्यक्रम अगष्ट ८ तारिख तय गरेको स्व विषय आईसिसि, एसिया प्रशान्त क्षेत्रले थाहा पाए पश्चात पत्राचार गर्दै तत्काल लाई सपथ,ग्रहण रोकेर जापानबासी नेपालीहरुको मेलमिलाप, भाईचारा र सद्धभावलाई खल्बल्याउने काम नगर्न र गर्नै पर्दा पनि सहमति पश्चात गर्न निर्देशन दिए पनि सो निर्देशन लाई समेत व्यवस्ता गर्दै निर्वाचन आयुक्त नेत्र प्रकाश भण्डारीले हिटलरी शैलीमा आज अगष्ट ८ लाई नै सपथ,ग्रहण गराउने तयारी गरेको विज्ञप्ती जारी गर्नुले निर्वाचन समितिको निर्णयले हजारौ जापानबासी नेपालीको भावनामा ठेस पुगेको भन्दै संस्था माथि बलत्कार गर्ने प्रयास नगर्न र गरिएमा ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिनु भएको हो ।
श्रेष्ठले उठाउदै आउनु भएको विषयलाई हजारौ जापानबासी नेपालीहरुले स्वागतयोग्य विषय भन्दै स्वरमा स्वर मिसाएको समेत सामाजिक संजालमा पढ्न र देख्न पाईदै आएको छ ।





































