जापान, आइतबार, २४ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको यहि जुलाई ३० तारिख भएको निर्वाचनमा मतदाताको आफ्नो मताधिकार चोरीएको, भारतको ऊडिसा राज्य, नेपालको काठमाडौ, पोखरा लगाएतका ठाँउहरुबाट हजारौको सङख्यामा मतदान भएको तथ्यहरु सार्वजनिक भए पश्चात उत्पन्न बिबाद चरम उत्कर्षमा पुगेको छ ।
उत्पन्न बिबादले जापानबासी नेपाली समुदाय २ भागमा विभाजन भएर सामाजिक संजालमा समेत बहस हुदै आएको पाईन्छ । उ त्पन्न बिबादलाई लियर अध्यक्ष मण्डलमा उजुरी परे पश्चात एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानङगको संयोजकत्वमा निर्वाचन छानबिन तथा मतदाता विवरण अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन भएर छानबिन समितिले आफ्नो काम समेत सुचारु गरेको जानकारी हुन आएको छ ।
छानबिनको दायरामा रहेको निर्वाचन प्रक्रियालाई निर्वाचन आयोगले व्यवस्था गर्दै केहि दिन अगाडि आज ८ अगष्टका लागी बिबादित निर्वाचनबाट विजयी घोषणा भएका ऊमेद्ववारहरुलाई सपथ, ग्रहण कार्यक्रम राखेको थियो ।
सोहि सपथ, ग्रहण कार्यक्रमलाई लिगेर हिजो अगष्ट ७ तारिखका दिन आईसिसि अध्यक्ष कुमार पन्तको निर्देशन अनुसार एसिया प्रशान्त क्षेत्रका संयोजक गोविन्द प्रसाद श्रेष्ठले बिबाद समाधान नभएको अवस्थामा जापानबासी नेपाली समुदायको मेलमिलाप,भाईचारामा ठुलो दरार उत्पन्न हुन सक्ने भएकोले तत्कालका लागी कुनै पनि सपथ, ग्रहण कार्यक्रम नगर्न दुई सदस्यिय निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भण्डारीलाई पत्राचार गरेको समेत प्राप्त हुन आएको छ ।
अध्यक्ष मण्डल र छानबिन समितिको वैधता माथि पटक-पटक प्रश्न चिन्ह खडा गरेको निर्वाचन समितिलाई हिजो अगष्ट ७ तारिखनै अध्यक्ष मण्डलको रोवहरमा बनेको छानबिन समिति लाई सम्पु्र्ण विवरण तत्काल उपलब्ध गराउन समेत एसिया प्रशान्त क्षेत्र संयोजकले निर्देशन दिनु भएको जानकारी हुन आएको छ ।
उता निर्वाचन समिति संयोजकले भने हिजो राती करिब ३ बजेको समयमा एनआरएनए जापानको फेसबुक पेजबाट पुर्वनिर्धारित सपथ,ग्रहण रोक्न नसकिने भन्दै आईसिसि लगाएत एसिया प्रशान्त क्षेत्रलाई ईमेल गरेको भन्दै जानकारी गराएको छ ।
आईसिसिको निर्देशन पनि नमान्ने,अध्यक्ष मण्डल र छानबिन समिति पनि मान्दिन भन्ने निर्वाचन आयुक्त नेत्र प्रकाश भण्डारीको सधै हुने रात्रीकालीन निर्णयलाई लिगेर कतै निर्वाचन आयुक्त सोमरसकै आधारमा त निर्णय गर्दै छैनन भनेर समाजिक सँजालमा समेत आलोचना, टिका, टिप्पणी हुदै आएको समेत पाईएको छ । निर्वाचन समिति आयुक्तले जारी धारणामा आफुले बिबादित निर्वाचनमा विजयी घोषणा भएका अध्यक्ष र महासचिव संग सोहि एसिया प्रशान्त क्षेत्रको पत्र प्राप्त गरे पश्चात सम्पर्क गर्दा ऊहाँहरुको समेतको धारणा सपथ,ग्रहण सार्न नहुने समेत रहेको जानकारी हुन आएको छ।
निर्वाचन आयुक्तको हिटलरी प्रवृती र कथित विजयी घोषणा भएका अध्यक्ष र महासचिवको पदभार ग्रहण बिबादित अवस्थामै भएपनि गरि हाल्ने चाहनाले एनआरएनए जापान दुर्घटनाको नजिक पुगेको आकलन गरिदै आएको छ ।
असन्तुष्ट पक्षले भने संस्था भित्र हाबी हुदै आएका गलत प्रवृतीहरुलाई नरोकिए एनआरएनए जापानको निर्वाचन लगाएत विभिन्न समयमा हुदै आएका अनियमितताको विषयलाई लिर टोकियो जिल्ला अदालत जाने र यसको निकाश अदालतबाट नै खोज्नुका साथै समानान्तर गतिविधि अगाडि बढाईने भन्दै चेतावनी दिदै आएको छ।
विधानत निर्वाचन समितिले निर्वाचित पदाधिकारी,सदस्यहरुलाई प्रमाण पत्र प्रदान गर्न सक्ने भएपनि सपथ, ग्रहण भने खुवाउन सक्ने कुनै पनि प्रावधान आईसिसि,एनसिसि विधानमा नभएको हुनाले निर्वाचन समितिको हस्तक्षेपकारी कार्यले पुर्णता नपाऊने समेत देखिदै आएको छ।






































