Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२१ बिहान
- ADVERTISEMENT -

एनआरएनए जापान २०२१ को निर्वाचन समितीले जापानबासी नेपालीहरुको सामाजिक सद्धभाव, मेलमिलाप र एकता खलबल्याउन खोजेको आरोप

प्रकाशित मिति: २०७८ साउन २३, शनिबार

441
Shares

जापान, २३ साउन २०७८ । गैर-आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१ को निर्वाचन समितिले जापानबासी नेपाली दाजुभाई दिदिबहिनीहरु बीच रहेको नङ र मासुको सम्बन्धमा विभाजन ल्याउन खोजेको भन्दै सामाजिक संजालमा चर्को आलोचना हुदै आएको छ ।

यहि जुलाई ३० तारिख अनलाईन प्रणालीबाट भएको निर्वाचनमा भारतको ऊडिसा राज्यबाट ,काठमाडौ ,पोखरा लगाएत ठाँउबाट हजारौको सङख्यामा मतदान हुनु करिब ११ सय हाराहारी मतदातालाई मेल नपठाएर मताधिकारबाट वन्चित गराउनु, ६ सय हाराहारीमा एऊटै कम्युटर प्रयोग गरेर मतदान हुनुले मतदाताको मताधिकार चोरीएको विषयलाई लिगएर अध्यक्ष मण्डलमा उजुरी परे पश्चात बिबादको महासागरमा डुबेको एनआरएनए जापानको २०२१ को निर्वाचन समितिको कार्यशैली प्रतिनै प्रश्न चिन्ह खड़ा भएको बुझ्नमा आएको छ।

अध्यक्ष मण्डलले एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन अध्ययन,समिक्षा तथा छानबिन समिति गठन गरेर छानबिन समितिले आफ्नो काम शुरु गरेको जानकारी हुन आएको छ ।

निर्वाचन समितीले आफुले गराएको निर्वाचन भारत, काठमाडौ, पोखरा लगाएतका ठाँउबाट मतदान भएपनि हजारौ संङख्यामा मतदातालाई ईमेल नपठाएको भएपनि, मतदाताहरुको मताधिकार चोरी भएको भएपनि निर्वाचन निष्पक्ष र धाँदली रहित भएको ज़िकिर गर्दै अध्यक्ष मण्डल र छानबिन समितिको वैधता माथी नै पटक- पटक बज्र प्रहार गरेको पाईदै आएको छ ।

ओशाकामा सम्पन्न १० औ अधिवेशनबाट २०१९-२०२१ कार्यकालको कार्यसमिति विघटन भए पश्चात बन्द सत्रबाट आईसीसी केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा एसिया प्यासिफिक उप-संयोजक पारसमणी पोखरेलको संयोजकत्वमा अध्यक्ष मण्डल गठन भएर नयाँ कार्यसमिति आधिकारिक रुपमा घोषणा भएर सपथ, ग्रहण सम्पन नहुदा सम्मको लागी एनआरएनए जापानको सम्पुर्ण काम, कारबाही गर्दै आएको समिति र उजुरी परे पश्चात बनेको छानबिन समितिको वैधता माथी प्रश्न चिन्ह खडा गर्नु निर्वाचन समितिको हतास मानसिकता बाहेक केहि नभएको एनआरएनए जापानका अभियान्ताहरुले भन्दै आएका छन् ।

अर्को रोचक तथ्य त के छ भने पटक-पटक अध्यक्ष मण्डलको वैधता माथी प्रश्न गरेको निर्वाचन समितिले मतदान प्रकृयाका बारेमा मतदान कसरी गराईएका थियो भन्ने विषयमा एक सुचना जारी गर्दा अध्यक्ष मण्डलले सच्याएको सदस्यता विवरण बुझाएको समेत देखिन आउछ ।

निर्वाचन समितिको आधिकारीकताका बारेमा हिजोको सुचनामा अध्यक्ष मण्डलको कुनै पनि विधानमा कुनै पनि प्रावधान नभएको र सबै कामहरु तदर्थ निर्णयका आधारमा गर्ने विधानत अध्यक्ष मण्डलका कुनै पनि निर्णयले कानुनी मान्यता पाउनु हुदैन भन्ने जारी भएको छ।यदि निर्वाचन समितिको पछिल्लो भनाई लाई मान्ने हो भने निर्वाचन समितिलाई अध्यक्ष मण्डलबाट प्राप्त मतदाता लिस्ट नै अवैधानिक हुने र सम्पुर्ण निर्वाचन प्रक्रिया अवैधानिक हुने र यसरी निर्वाचन समितिको निर्णयनै आपसमा बाझिएको अवस्था समेत देखिन आएको छ ।

“आईसिसीको विधान सम्मत निर्णय बाहेकको कुनै पनि अवस्थामा सपथ ग्रहण कार्यक्रमलाई केहि दिन पछि धकेल्ने या रोक्ने कुरा हुनु हुदैन” भन्ने निर्वाचन समितिको निर्णयलाई स्विकार गर्दै अध्यक्ष मण्डल र छानबिन समितिको निर्णय आईसीसी विधान सम्मत निर्णय हुने भएकोले कुनै पनि मुद्धा अदालतमा विचाराधीन भएको अवस्थामा विचाराधीन मुद्धा बारे निर्णय प्रभावित गर्नेगरी अभिव्यक्ति दिन नहुने परम्परा हुन्छ, हालै सम्पन्न निर्वाचनमा,निर्वाचन पश्चात उत्पन्न बिबाद समाधानको लागी छानबिन समितिको निर्णयलाई प्रभाव पर्ने सपथ ग्रहण कार्यक्रम हाल लाई स्थगित गर्नु नै निर्वाचन समितिको बुद्धिमता हुने भन्दै बुद्धिमता निर्णयको पर्खाईमा जापानबासी नेपाली रहेको भन्दै अनुरोध समेत भएको पाईएको छ।

निर्वाचन समितीले यहि अगस्ट ८ तारिख आईतबार अपरान्ह ४ बजे बिबादित निर्वाचनबाट निर्वाचित भनिएकाहरु लाई सपथ ग्रहण कार्यक्रम मन्दिर रेष्टुरेन्ट हामामाच्चो स्टेसन टोकियो ठेगाना (105-0023 Tokyo,Minato City,Shibaura 1Chome 2-2,シ-バンスアモ-ル 2F) तय गरेको तथ्यहरु समेत प्राप्त हुन आएको छ।

निर्वाचन समितिको स्वच्छाचारी कार्यको जापानबासी नेपालीहरुले घोरनिन्दा गर्नुका साथै नेपाली समाज ठुलो दुर्घटनामा जाने त होईन भन्ने ठुलो संन्का ऊत्पन्न भएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -